काठमाडौं, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले ललितपुरको इमाडोलस्थित नापी कार्यालयका प्रमुखलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

मंगलबार दिउँसो सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नापी कार्यालय प्रमुख प्रेम ताम्राकारलाई १ लाख ५० हजार रुपैयाँसहित अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो ।

उनीमाथि प्रचलित कानून बमोजिक कारवाही हुने अख्तियारले जनाएको छ ।