तेल अभिब | बिगत ७ वर्ष देखि इजरायलमा कार्यरत एक नेपालीभाषी दार्जीलिङकी नेपाली चेलीको मृत्यु भएको खबर प्राप्त भएको छ । भारतको दार्जीलिङ घरभएकी रुविना क्षेत्री बिगत ७ वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत थिइन् | एक वर्ष अघि नेपाल झापा निवासी एक नेपालीसंग बिवाह बन्धनमा बाधिएकी उनि यहाँ कार्यरत रहदै सामान्य बिरामी भएर रोग पत्ता नलागे पछि करिब ४ महिना अगाडी ४५ दिनको छुटी लिएर नेपाल गएकी थिइन् |

घर गएपछि डाक्टरलाई चेकअप गराउने क्रममा मेरुदण्डमा टुयुमर भएको थाहा भएपछि ४५ दिनको बिदालाई लमब्याउदै भारतको बैगंलोरमा उपचार गराईरहेकी थिइन । केहि दिन अगाडी सफल शल्यकृया भई सामान्य अवस्थामा रहेकी उनको नजिकका साथीहरुले पनि बताएका थिए |

आज अचानक पुन: स्वास्थ्य अवस्थामा खराब भइ निधन भएको जानकारी साझापेज लाइ प्राप्त भएको छ | मृत्यु पछि इजरायलमा उनका साथीहरुले  एकदमै पीडादायी खबरले स्तब्धभएको बताउदै फेसबुकमा स्टाटस मार्फत समबेदना प्रकट गरेका छन |

बैदेशिक रोजगारीको लागि निकै शुरक्षित मानिएको इजरायलमा कार्यरत नेपालीहरु छुटी गएको बेला बिगत केहि वर्षदेखि लगातार बिरामी भएर, अचानक ह्रदयघात लगायत अन्य कारण र रोगहरु भएर मृत्यु भएको खबर यो नयॉं भने पक्कै हैन | यसखाले खबरले यहाँ कार्यरत नेपालीहरुमा एक किसिमको बेचैनी र तनावग्रस्त अवस्थामा काम गर्नु बाध्यता रहदै आएको छ |

चौबिसै घण्टा काम र बिभिन्न रोगका बिरामी संग लगातार रहनु पर्ने बाध्यताले पनि कतिपय रोगहरु भित्र भित्रै सरेर थाहानै नहुने र अन्यमा मृत्यु सम्महुने अवस्थाले निक्कै दुखित तुल्याएको छ ।
लाइटनेपाल |