पुस १७ – इग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर सिटीले मिडिल्सबर्गलाई २–१ ले हराएको छ । सिटीले दुई मिनेटमा जादुमय दुई गोल गर्दै मिडिल्सबर्गलाई हरायो ।

 

 

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेल दोस्रो हाफको ६७ औं मिनेटमा मिडिल्सबर्गले गोल गर्दै अग्रता लियो । ग्रान्ट लिडविटरको गोलमा मिडिल्सबर्गले अग्रता लिएको थियो ।

 

म्यानचेष्टर युनाइटेडका लागि एन्टोनी मार्टेलले ८५ औं र पाउल पोगबाले ८६ औं मिनेटमा गोल गर्दै सिटीलाई जिताए । उनीहरुले दुई मिनेटभित्र जादुमय दुई गोल गरेका थिए ।

त्यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ब्रुम विजयी भएको छ । वेष्ट ब्रुमले साउथह्याम्टनलाई २–१ गोलले हराएको हो । वेष्ट ब्रुमका लागि हल रोब्सन कानु र माटा फिलिप्सले गोल गरे भने  साउथह्याम्टनका लागि सेन लङले हेडमार्फत गोल गरे ।