अहिलेको जल्दोबल्दो राजनितिक बिषयबस्तु पाच नम्बर प्रदेशको बारेमा बोल्दै नेता भण्डारीले घरमा आगो लगिरहेको बेला टुलु टुलु हेरेर बस्न नमिल्ने बताउनुभयो ।

कपिलवस्तुको जीतपुरमा अन्तरक्रिया कार्यक्रममा पार्टिका कार्यकर्ता संग संक्षिप्त कुराकानी गर्दै उहाले पार्टि भन्दा ठुलो देश र राष्ट्रियता भएकाले कार्यकर्तालाई प्रदेश टुक्राउने निर्णयको विरुद्धमा लाग्न निर्देशन दिनुभयो ।

प्रदेश टुक्राउने निर्णय पार्टिको आधिकारिक धारणा नभएकोले आफुहरु आन्दोलनमा जान नसकेको भन्दै पार्टि कार्यकर्ताले नेता भण्डारी समक्ष गुनासो गरेका थिए । संबिधान संशोधन विधेयक लैजानु पुर्व पार्टिमा गहन छलफल हुनुपर्ने तर अहिले सम्म कुनै छलफल हुन सकेको छैन् । नेतृत्वलाई पार्टिको केन्द्रिय समितीको बैठक राख्न भने पनि बैठक बसाल्न नसकेको उहाले जनाउनुभयो । पाच नम्बर प्रदेश कुनै पनि हालतमा नटुक्रिने उहाँको भनाई छ ।

हालै सर्वोच्च अदालतले गरेको फैसला सकारात्मक भएको भन्दै उहाले संबिधान संशोधनको बारेमा बहस गर्न मिल्ने भएपनि पारित हुन नसक्ने तर्क दिनुभयो । संसदमा संशोधन विधेयक दर्ता भएपनि पारित हुन नसक्ने उहाको दाबी थियो ।
नेपाली कांग्रेस गुल्मिका सासंद समेत रहनुभएका नेता भण्डारीले पार्टिले सयममा ढङ्ग नपु¥याउने हो भने भविष्यतामा ठुलो घाटा पुग्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा संयुक्त संर्घष समिती कपिलवस्तुका संहसंयोजक तथा नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरेले जिल्लाको आन्दोलनको बारेमा जानकारी दिनुभएको थियो । आफु चुनौतीको बिचबाट प्रदेश टुक्राउने निर्णयको विरुद्धमा लागेको बताउनुभयो । हुने जति सहयोग आफुलाई पार्टिबाट नभएको उहाले गुनासो गनुभयो । तर पनि आफु लगायतका कार्यकर्ता यसको विरुद्धमा सधै लाग्ने जनाउनुभयो ।

नेविसंघ महाधिवेशन प्रतिनिधि रुपकराज खनालको सञ्चालनमा भएको कार्यक्रममा महासमिती सदस्य दुर्गा सेन, नेपाली कांग्रेसका क्षेत्रिय सचिव अनिल घिमिरे, सहसचिव चन्द्रकान्त पोख्रेल, तरुण दलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह, क्षेत्रिय अध्यक्ष तिलक थापा लगायतको उपस्थिती रहेको थियो ।