काठमाडौं । बलिउड सुन्दरी नायिका प्रियंका चोपडाले बनाउने भनिएको नेपाली फिल्ममा कस्ता नेपाली कलाकार छानीएलान् ? भन्ने चर्चा यतिबेला उत्कर्षमा छ । प्रियंकाले बनाउने नेपाली फिल्ममा सम्पुर्ण कलाकार नेपाली भाषी हुने भएपछि कलाकारहरुले पनि आँफु छानीन पाए भन्ने चासो देखाउन थालेका छन् ।

जसमध्ये अभिनेता सुनिल थापाले प्रियंकासँग काम गर्ने पक्कापक्की भएको छ । ‘पउवा’ अर्थात ‘पाहुना नाम दिइएको फिल्ममा अन्य कलाकारको भने टुंगो लाग्न वाँकी छ ।

सुनिलले यसअघि पनि प्रियंकासँग ‘मेरी कोम’ मा सुनिल र प्रियंकासंगै काम गरेकाले उनीहरूबीच सुमधुर सम्वन्ध रहेका कारण प्रियंकाले आँटेको भन्ने कुरा पनि सुनिल निकटका कलाकारहरु बताउँछन् ।

प्रियंकाको होम प्रडक्शनले सिक्किमलाई आधार बनाएर नेपाली फिल्म बनाउन लागेको हो । उनको होम प्रडक्शन ‘पर्पल पेबल’ लाई हाल उनकी आमा मधु चोपडाले सम्हालेकी छन् ।