संसारको सबैभन्दा अनौठो सुन्दरी प्रतियोगिता फिलिपिन्समा आयोजना भएको छ ।हत्यारा, लागु तस्कर र विभिन्न प्रकारको आपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको घर – क्वेजोन सिटि जेलका कैदीहरुले क्याटवक मोडलजस्तै टिलिक्क परेका पहिरन लगाएर ‘मिस युनिभर्स’ फेसन परेडमा भाग लिएका छन् ।

१२ तेस्रोलिङ्गी कैदीहरुले उक्त कार्यक्रममा नाच्दा र गाउँदा त्यहाँ उपस्थित हज्जारौं दर्शकले ताली बजाएका थिए । करिब ३८ सय कैदी रहेको क्वेजोन सिटि जेलको प्राङ्गणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।