एजेन्सी । बलिउड अभिनेता अनिल कपूर अनुशासनलाई लिएर कडा मनोवृत्ति अपनाउछन् भन्ने कुराको उदाहण हालै एक अवार्ड कार्यक्रममा देखियो । अवार्ड कार्यक्रममा अनिल र छोरी सोनम दुवै जना सहभागी थिए । फिल्म ‘नीरजा’ र ‘पिंक’का निर्देशकलाई अवार्ड दिने क्रममा अनिल कपुर र उनका दाई बोनी कपू्रको साथमा मञ्चमा उपस्थित थिए । सोनम कपुर अभिनित फिल्म ‘निरजा’का पुरै टिमलाई अनिल कपुरले स्टेजमा बोलाइरहेका थिए ।

 

 

तर, सोनम भने स्टेजको पछाडि उभिएर आफ्ना साथीसँग व्यस्त थिइन् । अनिलले सोनमको नाम पटक–पटक पुकारे, तर सोनमले सुनिनन् । अन्नतः सबैको अगाडि माइकबाट ‘सोनम आफ्नो बुबाबाट केही सिक’ भन्न कर लाग्यो अनिललाई । त्यसपछि भने सोनम फटाफट अनिलको नजिक पुगिन् र अवार्ड लिएर तत्कालै निक्लिइन् । यद्यपी, पछिल्लो बर्ष फिल्म ‘निरजा’बाट नै सोनमले निकै सराहना बटुलेकी थिइन् ।