काठमाडौँ । हामी सबैलाई थाहा भएको कुरा हो हामीले दिनहुँ पिउने दुधमा पाइने पोषक तत्व हाम्रो शरीरका लागि कति फाइदाजनक हुन्छ भनेर । तर केहि यस्ता चिजको हामीले ध्यान दिन जरुरी छ, जुन दुध पिएपछि नाखादा हार्मो शरीरलाई फाइदा हुन्छ । अर्थात् दुध पिएपछि यी चिजहरु खाइयो भने त्यो हाम्रो शरीरकोलागि विष पनि हुन् सक्दछ ।

 

 

 

 
दुध खाएपछि बिर्सेर पनि दहीको सेवन गर्नु हुदै यसले एसिडिटी, ग्याँस, र उल्टीहुन् सक्ने सम्भावना रहन्छ । डाक्टरहरुले दुध खाएको एक डेढ घण्टापछि मात्र दहि खान सल्लाह दिने गर्दछन । दुध खानु पहिला या पछि भरसक फलफुल खानु हुदैन । किनकी दुधमा प्रशस्त पौष्टिक आहार पाइने हुनाले र दुधसँग संगै सुन्तला, अनार जस्ता फलफुल खादा अपच हुने, उल्टी हुनसक्ने सम्भावना हुन्छ । दुधसँग केरा पनि भरसक सेवन नगर्नु नै उपयुक्त हुन्छ । दुबैले कफ बढी बनाउन र पाचन प्रणालीमा असर पुग्ने हुन् सक्दछ ।

धेरै जसो मानिसहरु बिहानको नास्तामा दुधसँग ब्रेड बटर खाने गर्दछन जसले पेटलाई गह्रुङ्गो बनाउछ र पाचन प्रणालीमा असर हुन् सक्दछ, किनकी दुधलाई आफैमा पूर्ण आहार मानिन्छ । आयुर्बेदका अनुसार हामीले प्रोटिन, कर्बोहाईड्रेट र फ्याट धेरै सेवन गर्नु शरीरका लागि हानिकारक हुन्छ त्यसैले दुधमात्र सेवन गर्नु उत्तम हुन्छ । दुध र माछा पनि संगै सेवन गर्नु हुदैन यसले शरीरमा ग्याँस, एलेर्जी, र छाला सम्बन्धि रोग लाग्न सक्ने सम्भावना हुन्छ । त्यस्तै दुधसँग मासको दाल र तिल पनि सेवन नगर्दा स्वास्थ्यका लागि राम्रो हुन्छ ।