काठमाडौं । ‘छक्का पञ्जा’ फिल्म निर्माणको टिम एवम् कलाकारद्वय दीपक गिरी र दीपाश्री निरौला यूरोपमा घुमफिर गर्दैछन् ।

फिल्म प्रदर्शनका लागि पुगेको यो जोडी यूरोपका शहरहरूमा मोजमस्ती गर्दै गरेका तस्बिर बाहिरिएका छन् । दीपक र दीपाले यूरोपमा सेल्फी लिएको एउटा तस्बिरले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दीपा र दीपकको सेल्फीवाला यो तबिर दीपकले लिएका हुन् । तस्बिरमा दीपा दुलहीको भेषमा देखिने प्रयास गरेकी छिन् । तस्बिर सामान्य छ । तर सामाजिक सञ्जालमा मनपराइएको तस्बिरमा परेको छ ।

लामो समयदेखि सँगै कलाक्षेत्रमा काम गर्दै आएका दीपा र दीपकले ‘छक्का पञ्जा’ फिल्म निर्माण गरेका हुन् । फिल्मले राम्रो कमाइ गर्नुका साथै ‘सुपरडुपर’ हिट हुन सफल भएको छ ।

तर फिल्मको कमाइ कति भयो भन्ने विषयमा दीपक र दीपाको टीमले सार्वजनिक रुपमा केही बताएको छैन । जे होस् ‘छक्का पञ्जा’ले बनाएको रेकर्ड अरु फिल्मले तोड्ने हुन् वा होइनन् त्यो भने हेर्न बाँकी नै छ ।