नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले नेपाली कांग्रेसका माननिय सांसद चन्द्र भण्डारीलाइ औपचारिक रुपमा भब्य स्वागत गरेको छ।स्वागत कार्यक्रममा भएको भेटघाट तथा छलफल कार्यक्रममा नेपाली कांग्रेसका कृयासिल सदस्य तथा नेता कार्यकर्ताले आआफ्नो गुनासो र जिज्ञासा माननिय समक्ष राख्नुभएको थियो।

सव कार्यकर्ता नेताको एउटै चिन्ता र जिज्ञासाको विषय प्रदेश नं ५ को अछुण्णता कायम गर्नका लागि रोल्पा जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने र सोहि अभियानमा सहयोग गर्नुभएको र आन्दोलनलाइ अगाडि वढाउनुभएकोमा चन्द्र भण्डारिलाइ वधाइ तथा सफलताको शुभकामना दिनुभएको छ।रोल्पा प्युठान लाइ दागंसँग कुनै पनि हालतमा छुट्टाउन नसकिने भएकोले कम्तिमा पनि पार्टि नेताले सहयोग नगरेपनि असहयोग नगरिदिन रोल्पालि नेता तथा कार्यकर्ताले पार्टि नेतृत्वलाइ आग्रह गर्नुभएको छ।प्रदेश नं ५ को अछुण्ण अभियानलाइ स्वागत तथा मन्तव्य राख्न रोल्पा आउनुभएका केन्द्रिय सदस्य चन्द्र भण्डारिको अभियानलाइ रोल्पाबासिले न्यानो स्वागत र खुसियालि मनाउदै आफ्नो लक्ष्य तथा उद्देश्य पुरा हुने आशा राखेका छन। सोहि कार्यक्रममा नेता भण्डारीले भनेका छन” जनतावाट निर्वाचित संविधान सभाका सदस्यले कसको निर्देशन र सुझावमा प्रदेश नं ५ टुक्राउने कुरामा हस्ताक्षर गर्न सक्छ??? राजनिति कसैको स्वार्थमा केन्द्रित हुदैन, हुन्छ भने जनता र मतदातामा मात्र रहन्छ।

न रोल्पा, प्युठान, न दागं तथा लुम्बिनी अन्चलका कुनै जिल्ला एकआपसमा छुटिन चाहादैनन भने कसरि के का लागि र कसका लागि टुक्राएर नेता वन्न खोज्ने?? भन्दै आक्रोस पोखेका छनर भन्छन “पुर्वमा केपि ओलि र कृष्ण सिटौला, सुदुर पष्चिममा देउवा र रावल मिलेपछि त्यो क्षेत्र टुक्राउन नहुने सोँच भएकाले हामी लुम्बिनी तथा राप्तिका नेताले कसरि जनताको विपरित सोँच राखेर निर्णय गर्न सकिन्छ? त्यसैले यस्तो परिस्थितिमा हामी कुनै हालतमा पनि प्रदेश ५ टुक्राउने हर्कतलाइ साथ दिन सक्देनौ, हजुरहरु ढुक्क भएर अगाडि वढ्नुस यसमा पार्टिको पूर्ण सहयोग हुन्””भारतमा राष्ट्रियताको सवालवाट मोदि उदाएका र अमेरिकामा ट्रम्प अगाडि आएकोले राष्ट्रियता र जनता भन्दा माथि न पार्टि हुन्छ न पद हुन्छ, त्यसैले म प्रदेश नं ५ को यो महान अभियानमा हजुरसँग सदैव हातेमालो गरेर अगाडि वढिरहेको र बढ्नेछु।