२२ पुस, काठमाडौं । विद्युत वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ ।

२०७२ चैतयता महसुल नतिरेको प्रहरी कार्यालयको लाइन भने विद्युत् प्रधिकरण सुर्खेत अहिलेसम्म काट्न सकेको छैन । प्रहरी कार्यालयले प्राधिकरणलाई बिजुलीबापत एक लाख ८३ हजार रुपैयाँ तिर्न बाँकी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रहरी कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिसँगै जिल्लाका अधिकांश सरकारी कार्यालयले बिजुलीको महसुल समयमा तिरेका छैनन् । प्राधिकरणका अनुसार सरकारी कार्यालयबाट लाखौं रुपैयाँ बिजुलीको पैसा उठाउन बाँकी छ ।