काठमाडौँ- बलिउड अभिनेता सञ्जय दत्त आफूले काम गर्ने फिल्मका कारण होइन, आफूमाथि बन्ने फिल्मका कारण पछिल्लो समय चर्चामा आइरहेका छन् । उनीमाथि राजकुमार हिरानीले निर्देशन गर्ने भनेको बायोपिकको सुटिङ १४ जनवरीबाट हुने यसअघि रणवीर कपुरले बताएका थिए ।

रणवीरले फिल्ममा सञ्जयको भूमिका निर्वाह गर्दै छन् । रणवीरकै अनुसार यो फिल्मको प्रिप्रोडक्सन ३० सेप्टेम्बरअगाडि नै सकिनेछ ।तर, अब समस्यामा परेको छ यसको ‘रिलिज डेट’ । र, यसको मुख्य कारण हुन्, सञ्जयका साथी तथा अभिनेता सलमान खान ।

खास कारण के भने डिसेम्बरमा यो फिल्म रिलिज गर्ने तयारी भइरहेको थियो, तर सलमानको फिल्म ‘टाइगर जिन्दा है’ले डिसेम्बरमा रिलिज गर्ने घोषणा गरिसकेको छ । त्यसैले अब सञ्जयको बायोपिक अर्को वर्षसम्म जान सक्ने अनुमान बलिउडमा छ ।नयाँ पत्रिकामा खबर छ ।