काठमाण्डौ, २७ पुस । चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भारइरल बन्यो, ‘१४ लाखको घडी’ । युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलयमा छन् ।

घटना गत बिहीबार, लाजिम्पाटस्थित होटल -याडिशनमा सञ्चालित फिटनेश क्लब -याडको हो । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानले लकरमा राखेको १४ लाख मूल्यको रोलेक्स घडी हराएको उजुरी दरबारमार्ग प्रहरीलाई दिए । र, क्लबमा त्यसबेला रहेका सबैसँग सोधपुछ हुँदै जाँदा रामहरिले घडी प्रहरीलाई बुझाइदिए ।
यसपछि समाचार विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्यो । रामहरिले तत्कालै प्रतिक्रिया दिए, ‘त्यहाँ जाने एकजना साथीकी श्रीमती प्रहरीमा जागिरे छन्, उनलाई भनेको ठाउँमा सरुवा गर्न नसक्दा ममाथि षड्यन्त्र भयो ।’ रामहरिले भन्न खोजेकी प्रहरी हुन्, डिएसपी गंगा पन्त । २०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएकी । दुई वर्षअघि उक्त ब्याचको डिएसपीमा बढुवा हुँदा गंगा एक नम्बरमा परेकी थिइन् ।

सामान्यतया प्रहरीमा एक नम्बरको अधिकृतले पोष्टिङका लागि त्यति साह्रो भनसुन गरिरहनुपर्दैन । रामहरिका साथीचाहिं गंगाका श्रीमान तथा काठमाण्डु महानगरपालिका मातहतको नगरराक्षक प्रहरीका डिएसपी राजु पाण्डे हुन् ।

उनै राजुले प्रवलको घडी आफ्नो खल्तमा हालिदिएको आशय थियो, रामहरिको । तर, राजुले यो कुरा अस्वीकार गर्दै भने, ‘यो कुरा झुठ हो ।’
जनआस्था साप्ताहिकबाट