टेलिभिजन कार्यक्रम ‘बिग बोस’की पूर्व प्रतियोगी सोफिया हयातले अभिनेता सलमान खानलाई गम्भीर आरोप लगाएकी छिन् ।

आफ्नो अन्तर्वार्ताका क्रममा सोफियाले सलमान खानले आफूलाई कहिल्यै सपोर्ट नगरेको बताएकी छिन् । सलमान खानले पुरुष प्रतियोगी अरमान कोहलीलाई सपोर्ट गरेको उनले आरोप लगाइन् । सोही बेलाको सम्बन्धले अरमानले सलमान खानको ‘प्रेम रतन धन पायो’मा काम गर्ने मौका पाएको सोफियाले बताइन् ।

‘बिग बोस’ कार्यक्रमका प्रस्तोता सलमान खान पक्षपाती रुपमा कार्यक्रम चलाउने गरेको सोफियाको आरोप छ ।

‘सलमानले मलाई सपोर्ट नगर्नु स्भाविक थियो’, सोफियाले भनेकी छिन्, ‘मलाई लाग्छ सलमान खानलाई महिला मन पर्दैन । महिलाहरूले सलमान खानलाई खासै भाउ दिँदैनन् ।’

सोफियाले ‘बिग बोस’ कार्यक्रम दर्शकका लागि उपयुक्त नरहेको टिप्पणी गरेकी छिन् । ‘बिग बोस’ कार्यक्रममा सधै लगत कुरालाई देखाएर बिबाद उत्पन्न गर्ने काम मात्रै हुने गरेको उनको भनाइ छ ।

‘बिग बोस’को आठौँ संस्करणमा सोफिया पनि सहभागी थिइन् । सोफियाको आरोपको सलमान खानले खण्डन गरेका छैनन् । – एजेन्सी