एजेन्सी, पृथ्वीमा प्रकृतिले धेरै कुराहरु आफै बनाउने गर्दछ। त्यही अनुरुप मानिसहरुले पनि देखासेखी गर्ने गर्दछन्। तर प्रकृतिले बनाउको सुन्दर सम्पदाहरु विल्कुलै अनौठा र नौला हुने गरेका छन्।

 

 

 

ती मध्ये एक हुन नेचुरल आर्क एण्ड ब्रिज सोसाइटीले खोज गरेको पुल जसलाई चीनमा जियान रेन क्वाओ भनेर चिनिन्छ। यो प्राकृतिक पुललाई चिनिया भाषामा अमर मानिसको सम्मानमा बनायएको पुल भनेर बुझिन्छ।

 

 

यस ठाउँलाई धर्तीमै स्वर्ग समेत भन्‍ने गरिन्छ। किनकी यहाँ यति धेरै सुन्दरताले भरिपूर्ण छ की मानिसहरु पुग्दा फर्कनै मन लाग्दैन।यो पुलको चारैतिर प्रकृतिले हराभरा बनाएको छ। पर्यटकहरु यहाँ घुम्‍न आउन लालायित हुन्छन।

यो पुलको उचाई समुन्द्र सतहबाट करीब ४ सय फिट माथि रहेको छ। यसको चौडाइ भने १५ फिट रहेको छ। वैज्ञानिक तथा अनुसन्धानकर्ताका अनुसार यो पुल हावा र पानीको उच्च तीब्रताले आफै बनेको हो।

यो पुलको सुन्दरताले संसार निर्मित सबै पुलहरुलाई चुनौती दिइरहेको भान हुन्छ। यसका साथै यो पुलको बारेमा थप सूचना र रहस्य जुटाउन धेरै खोजकर्ताहरु लागिरहेका छन्।