प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । दाहालको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । दुर्लभ प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित दाहाल लामो समय देखि ग्रसित भएकी छन् । अहिले दाहालको स्वास्थ्यमा सुधार भएको परिवार स्रोतले जनाएको छ ।

गत पुष महिनामा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस