साझापेज । भक्तपुर, २ साउन । हल्लाइ हल्लाको देश नेपाल भनेर त्यसै भनिएको रहेनछ । त्यस्तै हल्लाको पछी लागेर हप्तै पिच्छे सोझा जनताहरु पुग्छन भक्तपुरको सल्लाघारी स्थित ‘सत्य शक्ती माता’ कहाँ । उनीहरुको बिस्वास छ माता भगवान हुन् र मानिसको सबै इच्छा पुरा गर्छन ।

बिगत धेरै बर्ष देखि सोझा साझालाई यसरी नै लुटी रहेकी छिन माताले । उनले प्रति व्यक्ति १२ सय रुपैया देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क नै लिन्छिन । उनलाई दक्षिणा पनि उत्ति नै आउछ । बिडम्बना बिचरा सोझासाझा भक्तजनहरुले माताको अनुहार सम्म हेर्न पाउदैनन, केवल भित्ताको माइकबाट उनको आवाजमा ठाडो जवाफ।

नेपाल त्यसै गरिब भएको रहेन छ भन्ने कुरा यो भिडियो हेर्दै पनि प्रमाणित हुन्छ । बिज्ञानले संसार कहाँ बाट कहा पुगी सक्यो तर हामि भने यस्तै यस्तै अन्धविस्वासमा रोमालिरहेका छौ । बृद्दबृद्दाहरुको कुरा छैन यहा, यहा त सामान्य पढेलेखेका देखि पीएचडी गरेका विद्वानहरु समेत पुग्छन र मातालाई पैसा तिरेर समस्याको समाधान खोच्छन । सोध्छन; भगवान मेरो छोराको उचाई कम भयो अलि बढाई दिनु होला … आदी आदी ! अनि माताको माइकमा आवाज आउछ – हुन्छ बढ्छ ।

हुनत माताले जवर्जस्ती उनको मन्दिरमा तानेर लगेको हैन तर दिनदुखिलाई झुटो आशा देखाएर आफूतिर आकर्षित गर्नु पनि अपराध नै हो । गज्जवको कुरा त के छ भने, बर्षौ यस्तो ठगि देखि रहेको स्थानीय प्रशासन भने मौन छ ।

यो सबै हेरी राख्दा, सुनी राख्दा बिज्ञानलाई विस्वास गर्ने युवाहरुको कन्सिरी तातिएला तर यो नै हो हाम्रो समाजको वास्तविकता र असली औकात । कहिले परिवर्तन होला हाम्रो समाज ?

पुरा भिडियो हेर्नुहोस :