रियाद, २६ साउन । साउदीमा ११ जना नेपाली युवाहरु सडकमा फ्याकिएका छन ।

पिडित मध्यका एक देब मगरले साझा पेजलाई भिडियो संदेश सहित यो जानकारी गरेका हुन् । करिब एक वर्ष अगाडी ९५ हजार देखि १ लाख १० हजारु रुपैया सम्म तिरेर जाउलाखेलमा रहेका लक्की मेनपावर, अक्सफोर्ड मेनपावर र HDHR मेनपावरबाट उनीहरुलाई साउदीको रियादमा रहेको ‘महरा हुमेन रिसोर्स सप्लाई कम्पनि’ मा पठाईएको थियो।

एक वर्ष भित्र करिब ७ महिनाको मात्र पारिश्रमिक पाएको र त्यस पछी कुनै तलव सुबिधा कम्पनिले नदिएको उनीहरुले बताए । हुदा हुदा एक हप्ता अगाडी उनीहरुलाई कम्पनिले खालि हात ४५ डिग्रीको गर्मिमा सडकमा फालेको छ । उनीहरुसंग न त पैसा छ न त खाने कुरा छ न त बस्ने ठाउँ नै छ । उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेको भिडियो संदेशमा स्पष्ट देख्न सकिन्छ ।

कम्पनीको यस्तो दुर्ब्यबहारले गर्दा पैसा कमाउन गएका उनीहरु अहिले नेपाल झिकाउनको लागी सबै तिर हार गुहार गरिरहेका छन । यो भिडियो सक्दो शेयर गरेर सम्बन्धित निकाए सम्म पुराईदिन अनुनय बिनय गरि रहेका छन । उनीहरु अहिले साउदी अरबको रियाद ६ नम्बर आवोल रोडको खुल्ला आकाश मुनि दिनरात उद्दारको प्रतीक्षामा तड्पिएर बसी रहेका छन ।

नेपालका मेनपावरले सिधा कम्पनिमा जागिर भनेर लागे पनि उनीहरुलाई एक सप्लायर्स कम्पनीमा लागिएको थियो । त्यसकारण उनीहरु दिन दिने समस्यामा पर्दै गएका हुन् ।

पिडित युवाहरुले चाडो भन्दा चाडो उद्दारको लागी सम्बन्धित निकाएलाई अनुनय बिनय गरेका छन ।

राजदूत महेन्द्र सिंह कर्तव्यनिष्ठ भएनन्

पिडित ११ जना नै साउदी स्थित नेपाली राजदुतावासमा उनीहरुलाई परेको समस्या बताउन र उद्दार गरि नेपाल पठाउन पहल गर्न भनेर भेट्न जादा राजदुतले भेट्न सम्म दिएनन । ‘फोन गरेर कुरा गर्दा चिन्ता नगर्नु सबै ठिक हुन्छ भन्ने जवाफ आउछ’ देब मगरले भने । नेपालको परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बिभागमा सम्पर्क गरेर उद्दार गर्न अनुरोध गर्दा राजदुतलाई जानकारी दिनुस भन्ने जवाफ आउछ तर राजदुतले पिडितको कुरानै सुनेको छैन ।

पिडितको नाम यसप्रकार रहेको छ :

दिपक खत्री खोटाङ
सन्तोश नेपाली तनहुँ
केशव बोहरा बैतडि
लाल प्रसाद भट्ट मुगु
देब बहादुर ठाडा दाङ
नर बा. बोहरा बैतडी
हरि बाहादुर खवास स्याङ्जा
दिपक बि क सुर्खेत
जगत कसेरा सुर्खेत
अबिका प्रसाद भट्टराई उदयपुर
हेमराज बस्नेत उदयपुर