काठमाडौँ,३० साउन | लगातार तीन/चार दिन भारि बर्षा पछि देश भरि बाढी पहिरोले धेरैको घरबार तहसनहस पार्यो | हजारौ घरबार बिहिन भए ठुलो मात्रामा जनधनको क्षेती भयो |

मानवीय क्षेती उत्तिकै भयो बाढी पिडितहरु रुवाबासी अवस्थामा छन् | त्यस्तै एउटा यस्तो हृदयविदारक दृश्य बाहिरियो जुन दृश्यले सबैको आखा रसायो मुटु नै पोल्यो | उक्त घटना सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको हो | मृत्यु भएपछि बाढीको भेलमा डुङ्गा झैँ पानि माथि तैरिरहेको तस्बिर सामाजिक संजाल भारि भाइरल बनेको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् ।

काल बनेर आएको प्राकृतिक बिपत्तिले सदा लाई भर्खर खेल्ने कलिलो उमेरमा दैबले खेसेर लग्यो | विक्षिप्त परिवार बाढीले दिएको पिडा भन्दा पनि सदाको मृत्युले बढी पडित छन् |

परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।

तस्बिर साभार : ईपीए

मृतक बालकलाई बाढीले बगाउदै

मृतक बालक कमल सदालाई बोक्दै काका देवकुमार सदा

मृतक बालक कमल सदालाई बगाउँन तयारी गर्दै काका देवकुमार सदा

 

मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाएर फर्कदै काका देवकुमार सदा ।