साइप्रस, ३० साउन। साइप्रसमा एक नेपाली युवतीको निधन भएको छ । निकोसियामा कार्यरत रामेछाप जिल्ला घर भएकी २२ बर्षीय नेपाली चेली यमुना खपांगी मगरलाई आइतबार साझ परलिम्नी कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुल नजिक बेहोस अवस्थामा भेटिएको थियो ।

उनि आफ्नो मालिकहरुसंग बिदा मनाउन त्यहा गएको न्यूजइनसाइप्रसले लेखेको छ । उनको पासपोर्ट नम्बर ०९०२८१८१ रहेको छ ।

बेहोस उनलाई स्विमिङ पूलबाट निकालेर तत्काल एम्बुलेन्समा राखेर नजिकैको अस्पताल Famagusta General Hospital, Paralimni मा लागिएको थियो । पछी उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भए हो ।

उनको हत्या भएको हो कि भन्ने आशंका गरिएको छ। यस घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साइप्रसमा रहेका विभिन्न संघ संस्था र त्यहा कार्यरत नेपालीहरु उनको मृत्युको खबरले अत्यन्तै दुखि भएका छन । असामयिक निधन भएकी यमुनालाई उनीहरुले श्रद्दान्जली दिरहेका छन ।