काठमाडौं,३१ साउन । पोखरामा एक कार्यरत सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् ।

पोखरा फेवातालको रत्न मन्दिरको सुरक्षामा खटिएका सैनिक प्युठ वसन्त लोहारले रिसईबीका कारण आफ्नै साथी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् । अहिले बसन्त लोहोर सैनिक नियन्त्रणमा छन्

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान ४ः३० बजे सैनिक प्युठ लोहारले गोली प्रहार गरेर आफ्नै सहकर्मीको हत्या गरेको पुष्टि गरे पनि हत्याको कारण नखुलेको जनाएको छ । आखिर किन के कारण हत्या गरियो विस्तृत विवर आउन बाकि छ ।