काठमाडौँ ३१ साउन | सशस्त्र प्रहरीले प्रहरी जवान र प्रहरी परिचर पदमा नयाँ भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २३ सय जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो ।

निर्धारित कोटा
खुल्लातर्फ-१२ सय १९
महिलातर्फ -२०७
आदिवासी जनजातितर्फ २९०
दलितमा- १५५
पिछडिएको क्षेत्रमा- ५२
अमर अशक्त प्रहरी परिवारका – ४६
परिचरतर्फ भान्से, केश कर्तक, सुचीकार, कुचीकार, चर्मकर्मीमा-दुई सय

दरखास्त फाराम भर्न चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन् । सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट पनि उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ । जसमा जवानका लागि न्युनतम शैक्षिक योग्यता कक्षा ८ पास भएको हुनु पर्नेछ । परीक्षा फाराम साउन ३१ गते मंगलबारदेखि भदौ २८ गतेसम्म भर्न सकिनेछ। १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन्।

दर्खास्त फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस