सुन्दर भबिष्यको सपना बाकेर प्रबासमा पुगेका नबजवानले किन प्रबासी भुमिमै आफ्नो देह त्याग गर्छन ? तर यसमा स्वयं दोषी वा नेपाली सामाजिक राजनितिक,तथा बड्दो बेरोजगारी र अबसरको कमि जिम्मेबार छरु सोचनीय बिषय बनेको छ। एउटा नबजबान जो आफ्नो सुन्दर सपना र बृद्ध बाबुआमाको अनुहारमा खुसि ल्याउने आसामा बिदेश जान्छ,आफ्ना सपनाले साकार रुप लिन नपाउदै बाकसमा बेरिएर नेपाल फर्कनु अबश्य पनि ब्याक्ति परिबार र समाज हुदै राष्ट्कै लागि अपुर्णनिय क्षेति हो भन्नेमा दुईमत नहोला।

आखिर किन हुन्छ त आत्महत्या जस्तो दुखद घटना प्रबासि भुमिमारु यसका कारण र समाधानका उपाय बेलैमा पैल्याएर समाधान तर्फ नलाग्ने हो भने नेपाली समाजमा यसले एउटा ठुलो चोट थोपर्ने छ अबश्य । तसर्थ राज्यले सधै बिदेसि रेमिट्यान्को मुते न्यानोमा ननिदाइ बेलैमा सोच्नु आबश्यक छ। घर परिबार आफन्त बाट टाडा हुनुको पिडा, लगातारको कडा मेहनेत, सम्बन्धित देसको भाषा, संकार तथा हाबा पानी र रहनसहनमा सजिलै घुलमिल हुन नसक्नु, बिदेसमै रहने नेपालीको असहयोग तथा एक्लोपनाले गर्दाहुने तनाबको कारणले गर्दानै अधिकांश नेपाली डिप्रेसनको सिकार बन्न पुग्दछन् ।हो यो भिडियोले यस्तै पीडालाई लिएर संदेश दिन खोजेको छ । यस समस्यालाइ निरकरण गर्न ब्याक्ति स्वयम र सरकारले जिम्मेबारि पुर्ण भुमिका निभाउनु आबश्यक छ।