गुल्मी, भाद्र – ४, हिन्दु महिलाहरुको महान पर्व मानिने तीज – हाम्रो गाउघर, आगनमा आइसकेको छ | अहिले नारीहरुलाई तीज लाग्ने क्रम बढ्दो छ | किनकि अहिले को नया पुस्तामा तीजलाइ पनि आधुनिक बनाउन खोजिएको छ |

आधुनिकता संगै पुराना तीजको रौनक हराएको छ | अहिले तीज गीत पनि तीजका हुन् कि हैनन् भनेर चिन्न मुश्किल पर्छ किनकि पहिलेको तीज गीतमा हुने नेपाली मौलिकता अहिलेका तीज गीतमा हराएको छ | अहिलेको तीज पर्वलाई गायक गायिका बन्ने पर्व पनि भन्न थालेका छन किनकि येही मौका छोपी नया नया गायकहरुको आगमन हुन्छ | फरक यति हो कोहि चल्छन कोहि बिलाउछन |

अहिले तीज गीतमा मौलिकता हराएको बेला, हामीले तपाईलाई प्रस्तुत गर्दै छौ गाउघरको तीज – हेर्नुहोस भिडियोमा –