पछिल्लो समयमा सर्बोउत्कृष्ट गीतहरु पस्किदै आएको थ्री स्टार मिडियाले फेरी अर्को उत्तिकै मर्मस्पर्शी आधुनिक गीत डिजिटल बजारमा ल्याएको छ । ज्ञान बहादुर गुरुङको अधुरो एल्वमको जिवन ढलि जाओस बरु गीत सार्बजनिक भएको हो । गीतमा गायक सुदर्शन गौतमको आवाज रहेको छ । तिर्थराज आचार्यले संगीत गरेको गीतमा शब्द ज्ञान बहादुर गुरुङकै पाउन सकिन्छ भने एरेन्ज हेमन्त शिशिरले गरेका छन् ।

ओबी रायमाझी, सृजना र सन्तोषको अभिनय रहेको गीतको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् भने मुकेश हुमागाइँले छायंकन गरेका छन् । प्रदिप दहालले सम्पादन गरेको गीत थ्री स्टार मिडियाकै युट्युव च्यानल मार्फल सार्वजनिक गरिएको छ ।