साझा पेज| भदौ २८-काठमाडौ । आम मानिसहरु फुर्सद हुने बित्तिकै रमाईलो ठाउँ घुम्न जान अथवा मनोरञ्जन गर्न रुचाउँछन् । काठमाडौमा हरेक जिल्लाका मानिस बसोबास गर्ने गर्दछन । धेरै मानिसलाई फुर्सदमा के गर्ने र कहाँ जाने भन्ने अनबिज्ञता हुन सक्छ । तर यो भिडियो हेरेपछी धेरैलाई घुम्न जानको लागि यो उत्तम बिकल्पको रुपमा पर्न सक्छ । कागेस्वरी मनहरा नगरपालिका वडा नम्बर १ मा रहेको कागेस्वरी मन्दिर धर्मिक एवं सांस्कृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण ठाउँ मानिन्छ । हरेक वर्ष त्यस ठाउँमा मेला लाग्ने गर्दछ । आलापोट र सुन्दरीजलबाट करिबन १-२ घन्टाको हिँडाईमा कागेस्वरी मन्दिर पुग्न सकिन्छ । प्रकृतीमा रम्ने र उपत्यका सुन्दर दृश्यहरु अवलोकन गर्नको लागि यो ठाउँ उत्तम बिकल्प हो । गाउले बस्ती,हराभरा जंगल, कलकल बग्ने पानी ,झरना र प्रकृतिक छटाले भरिपुर्ण यो ठाउँको बारेमा आशाका किरण डट कमका पत्रकार सुदर्शन बजगाईँले भिडोयो रिपोर्ट तयार पारेका छन् । हेर्नुस नेपाल स्काउट अन्तरगतको आशा ओपन स्काउट क्र्युसंग गएका बजगाईले क्यामेरा म्यान दुर्गाको सहयोगमा तयार पारेको रमाईलो भिडियो रिपोर्ट :