तपाई मन्दिरतिर जाँदा माथि तिर आँखा लगाउनु भएको छ ? लगाउनुभएको छ भने नेपाली शैलीका मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन एक विशेष काठको प्रयोग नदेख्ने कुरै भएन । त्यसैलाई टुडाल भनिन्छ |तर, टुडालमा जे देख्नुहुन्छ त्यसले भने तपाईलाई आश्चर्य लाग्न सक्छ । खासमा टुडालको एकमात्र उद्देश्य छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका यौ…न दृश्य भने सबैलाई आश्चर्य लाग्न सक्छ । प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो ? यो सबैको चासोको विषय हो ।

सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरुप मानियो ।

कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिएजसरी मूर्ति कुद्न थालियो । त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।

मन्दिरको टुडालमा यौनजन्य कला किन कुदिन्छन ?

१ – मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन भन्ने लोकविश्वास छ ।

२ – तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरुमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरु संसारिक जीवन त्यागेर भिक्षु र जोगी बन्न थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढेकाले त्यसपछि यस्ता चित्र देखाएर मानिसहरुलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरुमा यस्ता कला कुद्न थालिएको मान्यता छ ।

३ – मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन टुडालमा कामुक कला कुदिएका मानिन्छ ।

४ – एक पल्ट पन्धैं शताब्दीतिर मल्लकालिन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् ।


उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । तर, राजा भेष बदलेर देश भ्रममा निस्केका छन्, जनताको दुःखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा रहेछन् । राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबारभित्र अनेक प्रकारका विकृृतिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक थियो ।

दरबारभित्रको चतिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्यापक हुन थालेछ । दरबार दिउसै यौन भवन जस्तो बन्न थालेछ ।

सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीचपनि फैलाउँदै लगेछन । दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।

लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्ण उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ । अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ ।

त्यसपछि कलाकारहरुले आ–आफ्ना कलालाई यौनसौन्दर्यतिर मोडेछन । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।

मन्दिरका टुडालबारे कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट लिईएको प्रसंग :

१ – धेरै वर्ष अघिका राजा शिवदेव भन्नेले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई मानिसको बलि चढाउन थाले । यो मानवबलिको परम्पराले समाजमा ठुलै हाहाकार भयो ।

हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथरि हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।

बलि आतङकका कारण शरीरमा चोट पार्नकालागि जानीजानी एक टोल र अर्को टोलका बिचमा ढुङगा हानाहान गर्ने र एक अर्काका टाउका फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछ ।

तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाल्दारहेछन । नरबलिका डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र महिलाहरुलाई हातपात गरेछन । बलिमा परिने डरले घर छोडेर हिडेका कैयौं पुरुषहरु नफर्केपछि महिलाहरुको संख्या राज्यमा बढेर गएछ ।


पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै बन्दै गएको त्यहि संभोगशैली बिस्तारै टुडालहरुमा देखिन थालेको भनिन्छ ।

२ – त्यस्तै राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक अतयोनि कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलियो ।

कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ । अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ ।


कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन ।

समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाएछन । आखिर जसको मत जे भए पनि यस्ता चित्रलाई पनि त्यतिबेलाको समाजले सहजै स्वीकारेको थियो ।

भिडियो हेर्नुहोस :

थप फोटोहरु हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

  • मान्छेको मृत्युपछि के हुन्छ ? पुनर्जन्म बारे विज्ञानले यसो भन्छ

मृत्युपछि के हुन्छ ? यो अन्त्यहिन प्रश्नको हो । अहिले सम्म यसको निचोड फेला पर्न सकेको छैन । यद्यपी के मानिन्छ भने, मृत्युपछि हामीले पुन जन्म लिन्छौ । धार्मिक शिद्धान्तले यसै भन्छ । तर, अब विज्ञान पनि यसमा सहमत देखिएको छ ।

पुनर्जन्मबारे अनुसन्धान

यसमाथि विश्वका अनेकन विश्वविद्यालयहरु तथा परामनोवैज्ञानिक अनुसन्धानक केन्द्रहरुले अनुसन्धान गरेका छन् । वर्तमानमा यसलाई फगत एउटा अन्धविश्वास होइन कि वैज्ञानिक तथ्यका रुपमा नै स्वीकारिएको छ ।

पुनर्जन्मलाई प्रमाणित गर्ने अनेक प्रमाण आज उपलब्ध छन् । यसमा सबैभन्दा ठूलो प्रमाण उर्जा संरक्षणको सिद्दान्त हो । विज्ञानको सर्वमान्य संरक्षण सिद्दान्तका अनुसार उर्जाको कुनै पनि अवस्थामा विनाश हुँदैन, मात्र यसको स्वरुप परिवर्तन हुन सक्छ ।

एउटा शरीरबाट अर्कोमा स्थान्तरण

जुन प्रकारले उर्जा नष्ट हुँदैन, त्यसैगरी चेतनाको पनि नाश हुँदैन । चेतनालाई वैज्ञानिक शब्दावलीमा उर्जाको शुद्धतम अवस्था भन्न सकिन्छ । चेतना एउटा शरीरबाट निस्केर अर्को शरीरमा प्रवेश गर्न सम्भव छ । र, पुनर्जन्मको सिद्धान्त पनि यही नै हो ।

पुनर्जन्मको दोस्रो प्रत्यक्ष प्रमाण पूर्वजन्मको स्मृतियुक्त बालबालिकाहरु हुन् । बालबालिकाहरुको पूर्वजन्मको स्मृतिको परीक्षा आजकाल दार्शनिक र परामनोवैज्ञानिकले गर्छन् । पूर्वजन्मको अनुभवबिना मोजार्ट चार वर्षको उमेरमा संगीत कम्पोज गर्न सक्ने थिएनन् ।

लर्ड मेकाले र विचारक मील हिँड्न जान्नुभन्दा अगाडि लेख्न जान्थे । वैज्ञानिक गब्स ३ वर्षका मात्रै थिए, जब नी पिताजीका गणितीय त्रुटीहरुलाई सच्याउँथे । यसबाट प्रमाणित हुन्छ कि पूर्वजन्ममा यी बालकले आफ्नो क्षेत्रमा महारत हासिल गरेका थिए ।

जन्मपछि पुनर्जन्म

सर्बप्रथम शिशु जन्म लिनासाथ रुन्छ । स्तनपान गराउनासाथ चुप लाग्छ । कष्टमा रुन्छ र अनुकुल अवस्थामा खुशी हुन्छ । शिशु हाँस स्वत तैरिन सिक्छ । यसप्रकारका घटनाहरुले हामीलाई यो सोच्नका निम्ति बाध्य गर्छ कि हरेक जीवनले पूर्वजन्मको संस्कार लिएर आएको हुन्छ । अन्यथा भर्खर जन्मेको शिशुलाई रुन कसले सिकाएको थियो ?

डा. स्टिभेन्सनलले आफ्नो अनुसन्धानका दौरान केही यस्ता मामला पनि देखे, जसमा व्यक्तिको शरीरमा उसका पूर्वजन्मका चिन्ह मौजुद थिए । आत्माको रुपान्तरण त बुझ्न सकिन्छ, तर, शारीरिक चिन्हको पुनः प्रकट एउटा रहस्यकै कुरा हो ।

डा. हेमेन्द्र नाथ बेनर्जीको भनाईमा कहिलेकाहीँ वर्तमान बिमारीको कारण अघिल्लो जन्ममा पनि हुन सक्छ । श्रीमती रोजन बर्गको उपचार यसै प्रकारले भएको थियो । आगो देख्नासाथ थर्थरी काँप्ने ती महिलाको कुनै डाक्टरले उपचार गर्न सकेनन् । थाकेर उनी मनोचिकित्सककहाँ पुगिन् । मनोचिकित्सकले उनलाई सम्मोहित गरेर पूर्वजन्मको याद दिलाए । त्यतिबेला रोजन वर्गले भनिन् कि अघिल्लो जन्ममा उनी जलेर मरेकी थिइन् । त्यसपछि मनोपरामर्शद्वारा उनी विसेक भइन् ।

सम्पूर्ण विश्वका धर्म, बर्ग, जाति तथा समाजमा पुनर्जन्मको सिद्दान्तलाई कुनै न कुनै रुपमा स्वीकारिएको छ । अन्ततः यस कम्प्यूटर युगमा पनि यो स्पष्ट छ कि पुनर्जन्मको सिद्दान्त विज्ञानसम्मत हो । आत्मा एक अदृष्य कम्प्यूटर हो भने शरीर एक रोबोट हो । हामी कर्मको माध्यमले कम्प्यूटरमा जस्तो प्रोग्राम फिट गर्छौं, त्यस्तै फल प्राप्त गछौंर्ं । कम्प्युटरले पुरानो रोबोट बिगि्रएपछि आफ्नो कर्मको हिसाबले नयाँ रोबोट बनाउँछ ।

पुनर्जन्मको विपक्षमा पनि अनेक तर्कहरु छन् । यो रहस्य शब्दद्वारा सुल्झाउन सकिंदैन । -अनलाइनखबरबाट

यो पनि पढ्नुहोस :

  • यसकारण पृथ्वीबाट मानिसको अस्तित्व लोप हुने भौतिक बैज्ञानिक स्टेफेनले गरे दाबी(भिडियो सहित)

एजेन्सी ।वैज्ञानिकहरुले आगामी १०० वर्ष भित्र मानवजातिले पृथ्वी बाहेकको अर्को वासस्थान नखोजे उनीहरु संसारबाट लोप हुनसक्ने चेतावनी दिएका छन् । त्यस्तो डरलाग्दो चेतावनी दिने वैज्ञानिक हुन् – चर्चित बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्स ।

बेलायती समाचार संस्था बिबिसीले निर्माण गरेको ‘स्टेफेन हकिङ्स: एक्सपीडीसन् न्यु अर्थ’ नाम गरेको वृत्तचित्रमा हकिङ्सले उक्त चेतावनीबारे विस्तृतमा ब्याख्या गरेका छन् । बिबिसीले उक्त वृत्तचित्रलाई सन् २०१७ को अन्त्यतिर प्रसारण गर्नेछ ।

जलवायु परिवर्तन, आकासपिण्डले पृथ्वीलाई दिनसक्ने ठक्कर, रोगको महामारी, र अत्यधिक जनसंख्या बृद्धि जस्ता कुराले पृथ्वीमा मानवजातिको भविष्य सङ्कटमा पर्दै गएको हकिङ्सको तर्क छ । पृथ्वीमा मानवजातिको अस्तित्व सङ्कटमा पर्दै गएको र डरलाग्दो अवस्था आएको तर्क गर्ने हकिङ्स एक्ला वैज्ञानिक होइनन्।

पुरा खबर थाहा पाउन यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्-

यो पनि पढ्नुहोस :

  • मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण यस्ता छन-थाहा पाईराखौँ !

पृथ्वीमा जन्म लिएपछि शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ ।

१. मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।

२. कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।

३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।

४. गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।

५. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृत्युको समयमा निश्चित देखिन्छन् ।

६. पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।
७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।

८.पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।

९. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ । एजेन्सी