काठमाडौँ, ४ कार्तिक | गुफाबारे तिमीहरूलाई कत्तिको थाहा छ ? कतिले कथामा राक्षस लुक्ने ठाउँका रूपमा गुफालाई बुझेका छौ होला । कतिले वन्यजन्तुहरूको बासस्थान भनेर चिनेका होलाऊ । कति त गुफा हेर्न पनि पुगेका छौ होला । भिरालो जमिनभित्र बनेको तेर्सो लामो सुरुङजस्तो प्वाललाई गुफा भनिन्छ । धेरैजसो गुफा प्राकृतिक हुन्छन् । कतिपयचाहिँ मानिसले नै बनाएका हुन्छन् |हिमालपारकिो जिल्ला मुस्ताङका अक्करे भीरहरू खोपेर यस्तै गुफा बनाइएका छन् । यी मानवनिर्मित गुफा विश्वमै रहस्यमयी मानिन्छन् । पुरातात्त्विक विचित्रताले भरिएका यी गुफा कहिले, कसले र किन बनाए भन्ने अझै यकिन हुन सकेको छैन ।किम्बदन्तीअनुसार सयौं वर्षअघि तिब्बततिरबाट आउने लुटेराहरूबाट बच्न त्यस क्षेत्रका गाउँले भीरको गुफामा लुक्थे ।साथै, उनीहरू कोही आउन नसकून् भनेर त्यहाँ आउने बाटो भत्काउने गर्थे ।हेर्नुहोस भिडियोमा उक्त सहर –