काठमाडौं । नेपाली काँग्रेसका प्रवत्ता तथा पुर्वमन्त्री गगन थापाले वृद्ध भत्ता १० हजार पुर्याउने घोषणा गरेका छन् । बीबीसी साझा साझा सबालमा बोल्दै थापाले आगामी निर्वाचनपछि काँग्रेस नेतृत्वमा सरकार गठन भए वृद्ध भक्ता १० हजार पुर्याउने बताएका हुन् । “वृद्ध भत्ता दिने काम गलत थियो, तर अहिले त्यसैका भरमा एमालेले भोट बढाईरहेको छ, त्यसैले अब काँग्रेसले वृद्ध भत्ता १० हजार पुर्याउने सोँच बनाएको हो,” युवा नेता थापाले भने ।

उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले बनाउने घोषणा पत्रमा वृद्ध भत्ता १० हजार पुर्याउने योजना समावेश गर्ने तयारी भएको समेत दावी गरेका हुन् । तत्कालिन एमाले सरकारले २०५१ सालमा वृद्धवृद्धालाई मासिक एक सय भत्ता दिन सुरु गरेको थियो । हाल वृद्ध वृद्धाहरुले मासिक २ हजार भत्ता पाउँदै आएका छन् ।

यतिबेला वृद्ध भत्तालाई राजनीतिक दलहरुले भोट बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् । कम्युनिष्टहरुले ६० बर्षमाथी उमेर पुगेका वृद्धवृद्धालाई मार्छन भन्ने आरोप चिर्न एमालेले वृद्ध भत्ता कार्यक्रम सुरु गरेको बताउँदै आएको छ ।