बागबजारबाट घर आउंदै थिएँ । फोन बज्यो ।

‘कहाँ हो तँ ?’ स्वर केहि परिचितनै थियो ।

‘किन फोन गरिस् फेरी ? मैले भन्देको छु ! मेक दिस लाष्ट कल है !’ मैले रिसाउँदै भनें ।

उसँग भर्खरै ब्रेकअप भएको थियो मेरो । उ खास मान्छे थिएन । कसैको वियोगमा कोहि साथी खोज्दैगर्दा भेटिएको थियो उ । र नचाहेरै पनि नजिक बनेँ उसँग ! ‘ मलाइ मेरो बिगत बिर्सनु थियो, बस् !’ पछी त्यहि यादहरु बिस बनेँ !

कहिलेकाहीं तिनै यादहरुले खुब सताउँछ !

‘ओके म लाष्टनै बनाउँछु यो कललाइ ! तेरा केहि फोटोहरु मसँग रहेछ, त्यहि फिर्ता गर्न हो ! फेसबुकमा पठाएको छु !’

‘कलेजमा भेटेर कुरा गर्दै जाँदा, उ राम्रो लाग्न थालेको थियो । मनै त हो बरालिँदो रहेछ । मेरा प्रेमहरुको लिष्टमा उ तलनै पर्थ्यो सायद । तर पनि म एक्लो थिएँ । घरको पीडा, काठमाडौँको संघर्ष अनि रुमल्लिरहने मन । अहँ… केहि पनि बसमा थिएन ।

‘कति सहजै मेरो वर्तमान र मैले सोचेको भविष्य बिगत बनेको थियो । एक कल पनि होइन, एक एसएमएसका भरमा उसले मलाइ छोडेको थियो मेरो बिगतले त्यो दिन । मैले लाख कोसिस गरें उसलाई मेरो जीवनमा फिर्ता ल्याउन, तर सकिन । सायद मेरो भाग्यमा उ लेखेको थिएन । त्यहि बिगतको पीडाका बीच उसलाई चिनेको थिएँ ।’

उमसँग यति नजिक हुन थाल्यो कि के भनौं, मेरो मन आफैं बसमा थिएन । हेर्दा चिटिक्क परेको, भलादमी । एक मनले त सोचेको थियो, ‘यो सायद मजस्तै होला । देख्नमा मात्र सोझो । अर्को मनले फेरी सोच्यो, ‘अहँ केटाहरु त्यस्तो हुन्नन् । मैले एउटी केटिका लागि जीवनभर बिहे नगर्ने केटा, छोराछोरी भएर पनि कसैको वियोगमा मातिएर हिंडेको केटा देखेको थिएँ, अझै कहिलेकाहीं देख्छु गल्लीहरुमा, चोकहरुमा । त्यसैले उसलाई गलत सोच्नु हुन्न भन्ने कुरा मेरो मनले मलाइ भानीरहेको थियो ।

एकदिन कलेजबाट फर्कंदै गर्दा उ मसँग बोल्यो, ‘कता बस्नुहुन्छ ?’

मैले मेरो ठेगाना बताएँ । उसको डेरा पनि त्यति रहेछ । उसले मलाइ त्यता देखेका हुनाले पनि सोधेको रहेछ। मलाइ सधैं घर पुर्याईदिने र सधैं कलेज स्कुटरमा ल्याईदिने मेरो साथी त्यो दिन कलेज आएको थिएन । उसँग पनि छुट्टै कहानी छ । कुनै अर्को बसाइमा सुनाउंला । त्यो दिन उ र म सँगै घर गयौं ।

‘त्यो सधैं तिमीसँगै आउने र तिमीलाई घर लैजाने साथी को हो ?’ उसले केहि सिरियस भएर भन्यो ।

मैले मेरो दाइ पर्ने हो भनेर ढाँटे । उसको मुहार केहि चहकिलो भएको देखें ।

उसको मनमा मप्रति केहि घुमिरहेको छ भन्ने मलाइ थाहा भइसकेको थियो । यसै पनि उसम्म आइपुग्दा म केटाहरुको मनोभावना बढीनै बुझ्ने भइसकेको थिएँ ।

‘एक्लो थिएँ । मलाइ सधैं कलेज ल्याउने र लाने साथी बाहेक । उसले मलाइ जति आफ्नो सम्झे पनि, किन हो किन म उसलाई हरेक पटक ढाँटिरहेको हुन्थें । मेरो परिवारको बारेमा, मेरो बारेमा, मेरो प्रेम जीवनको बारेमा म हरेक कुरामा उसँग झुट बोल्थें । तर पनि हरेक बिहान मलाई लिन आइपुग्थ्यो, हरेक दिन कलेज सकेर मलाइ घर पुर्याईदिन्थ्यो । म उसलाई साबिकको भाषामा प्रयोग गरिरहेको थिएँ ।

थाहा छ उसले मलाइ खुब माया गर्छ । मलाइ घरबाट कलेज ल्याउने र लाने उसको दैनिकीका सबैभन्दा मीठा पलहरु थिए । अहँ…तर पनि कहिले पनि मनैले उसलाई आफ्नो कहिले पनि मानेन । उसले मलाइ औधि माया गरेपनि, उसलाई कहिले झुट बोलेर त कहिले नाटक गरेर आफ्नो कलेज जाने र आउने भाडा बचाईरहें ।’

के सोचेको ?’ उसले घर आइपुग्दै गर्दा भन्यो ।

‘केहि होइन, तपाईं कति राम्रो देखिएको !’ मैले उसको इसारा बुझ्ने प्रयास गरें !

‘होर ? तपाईं पनि खुब राम्री नि !’ उसले थप्यो ।

‘होर ? प्लीज मलाइ तपाईं नभन्नुस न ! तिमी भने हुन्छ !’ मैले भनें !

‘र… मलाइ पनि ! उसले थप्यो !

अरु केनै चाहिन्छ र माया बस्न । बस् थोरै बहाना न हो । नम्बर साटासाट भयो । घुमघाम सुरु भयो ।

मेरो कमजोरीनै यहि हो, जो मैले जीवनमा कुनै दिनपनि सुधार्न सकिन । मलाई मान्छेको लत जो लागेको थियो । यौन भनेको स्वाद रहेछ, थाहा नपाउँदासम्म कस्तो होला भन्नेमात्र तृष्णा । थाहा पाएपछि यो त ड्रग्सजस्तै हुँदोरहेछ । नभई नहुने । एउटा नशा ।

अरुलाई जस्तै आफ्नो सोझोपनको सबै कोणहरु देखाएर आफ्नो परिवारको पीडाहरु देखाएर, आफ्ना जीवनका दुखान्त कथाहरु सुनाएर मैले उसलाई मलाई ‘बिचरा’ भन्ने बनाएँ ।

एक दिन चोभार घुम्न जाँदा मैले भनें, ‘तिमीसँग आजसंगै बस्छु नि ! म एक्लै छु कोठामा !’

उसले खुसी भएजसरी ‘हुन्छ’ भन्यो । हुन्न भन्ने कुरा पनि थिएन । किनकि उसको मनमा आज केसम्म हुन्छ भन्ने चाहा पलाईसकेको थियो । जो हरेक केटा वा केटिको मनमा पलाउनु स्वाभाविक हो । मेरो चाहाना पनि त्यहि थियो त्यो दिन ।

त्यो रात सँगै बसियो ।

‘अलि अलि पिउने हो ?’ उसले केहि लाज मानेर सोध्यो ।

‘अँ ! मैले त कहिले पनि खाएको छैन ।’ त्यो बेला रक्सीको नशा नभएपनि चाखेको थिएँ । आफ्नै काकासँग बस्दा उसले जवरजस्त चखाएको थियो ।

‘नाइँ मलाइ त डर लाग्छ !’ मैले फेरी झुट बोलें ।

‘केहि हुन्न !’ उसले सम्झायो र पिलायो अलिकति !

अलिअलि गर्दा गर्दै खुब पीइएछ त्यो दिन ! जवानीको छुट्टै मज्जा लिइयो फेरी एकपटक ! उसले कताकता केके गर्यो आफैंलाई याद भएन ! तर मज्जा आयो खुब त्यो दिन !’

उसँगको सम्बन्ध धेरै भएको थिएन । तर शारीरिक सम्भोग हाम्रो दैनिकीजस्तै भइसकेको थियो । मेरै डेरा नजिक बस्थ्यो उ ! उसैको डेरामा थुप्रै दिनहरुलाई रात बनाएर बिते ।

पछी एकदिन थाहा भयो, उ विवाहित रहेछ । उसकी श्रीमती जागिरे रहेछे । मलाइ करिव ४ महिनापछी मात्र यो कुरा थाहा भयो । एउटी केटि सधैं दाइको कोठामा आउँछे, त्यो को हो भनेर छिमेकीले उसकी श्रीमतीलाई सोधेपछि यो सब कुरा थाहा भएको थियो मलाई !

उसकी श्रीमतीले मलाई चिनी भने नजिकै रहेको मेरो डेरा भएको घर र मेरो भाइसमक्ष यो कुरा पुग्छ भन्ने डरले म केहि बोलिन । त्यहि डरले म उसँग टाढा बनें ! सधैं ! उसलाई अन्तिम एसएमएस गरें ! ‘साला धोकेबाझ ! अर्को पटकदेखि तेरो अनुहार नदेखाएस् !’

उसले केहि रिप्लाई गरेको थिएन । आज एक्कासी उसले फोन गरेको थियो ।

उसले कलमा यति भन्यो. ”ओके म लाष्ट नै बनाउँछु यो कललाइ ! तेरा केहि फोटोहरु मसँग रहेछ, त्यहि फिर्ता गर्न हो ! फेसबुकमा पठाएको छु !’

फेसबुक खोलें ! उसले लामो सन्देश पठाएको रहेछ, ‘हो म विवाहित थिएँ । तर मेरी श्रीमतीदेखि म न शरिरले खुसी छु न मनदेखि ! तँ मन पर्यो त के गरौँ ? ल तँलाई तेरो फोटो पठाएको छु ! तँलाई दु:ख दिएँ सरी ! तर नबोलेर, मलाई नभेटेर यस्तोपनि नबना कि कुनै दिन तेरो माया ‘सुन्य’ होस् ! अझै माया गर्छु तँलाई ! तेरो माया कुनै दिन सुन्य भयो भने म जेपनि गर्न सक्छु, मर्न पनि र कसैलाई मार्न पनि !’

तस्विर मेरो थियो । पुरै नाङ्गो ! पोज पोजमा जवानी बिसाएका यादहरु । उसको सन्देशले उसले कतै न कतै मलाई ब्ल्याकमेल गरिरहेको छ भन्ने बुझ्न गाह्रो थिएन । मलाइ पनि ठूलो डर थियो । उसैले मलाइ विभिन्न अश्लील भिडियोहरु देखाएको थियो । त्यसैगरी उसले ती फोटोहरु बाहिर ल्याउला भन्ने डर थियो मलाइ ।

मैले बुद्धिमानीपूर्वक सोचें र उसलाई रिप्लाई गरें, ‘आज भेट्छु तँलाई ! धेरैपछी फोन गरिस् ! किन हो किन तेरो खुब माया लाग्यो !’

केहि छिनमा उसले कल गर्यो, ‘मेसेज हेरिस ?’

‘घरमा नेट छैन ! पछी हेर्छु । किन हो किन तँलाई भेट्न मन लाग्यो ! घरमा एक्लै हो भने आउंछु !

‘नाइँ घरमा त हुन्न ! बाहिर कतै भेटौं !’

‘होइन किन आज बुढी छिन र ?

‘होइन बुढी त बाहिर छिन !’

‘मलाइ फेरी त्यहि कोठामा, त्यहि पलङमा रमाइलो गर्न मन छ ।’ मैले भनें ।

‘है ! उसले थप्यो । अँ ! आइजो न त…. तर अलि होसियार भएर है !’ उसले सुनायो ।

‘हुन्छ’ मैले जवाफ फर्काएँ । त्यो रात उसकै घरमा भेटियो । मैले उसलाई आफुले पनि उसलाई बिर्सिन नसकेको कुरा भनें ! उ फुरुंग भयो !

त्यो रात पिउने अफर मैले आफैं गरें ! उसले मान्यो । बुद्धि पुर्याएर आफु कम खाएर उसलाई झ्याप बनाएँ ! शरीर चखाएं ! माया गराएँ ! र पागल पागल बनाएर उसलाई ढलाएं ओच्छ्यानमा !

‘आज तेरो र मेरो सबै फोटोहरु हेर्न मन छ, देखा न !’ मैले भनें !

उसले सबै देखायो । मलाइ थाहा नै नदिइ उसले थुप्रै फोटो र भिडियोहरु बनाएको रहेछ ।

मैले बुद्धि पुर्याएर उसलाई आफ्नो शरीर चखाउदै सब डिलिट गरें ।

‘ले मोबाइल आज म पनि खिच्छु !’ म तम्सिएं ‘ उसका नांगा फोटोहरु खिचें र मेरो फेसबुकमा उसको एकाउन्टबाट पठाएँ । त्यो रात रक्सीले उ सार्है मातिएको थियो । र मेरो उदेश्य अर्कै थियो ।

त्यो बिहान उ नउठी निस्किएँ ! अन्तिम पटक उसैको फेसबुकमा मलाइ पठाएजसरी मेसेज छोडें !

‘साले खाते, मलाइ खुब ब्ल्याकबेल गर्न खोजेको थिइस् होइन ! मेरो त सब डिलिट भए, अव तेरा फोटोहरु मसँग छन् ! तैंले तेरो बुढीका खिचेका नाङ्गा फोटाहरु जुन तैंले ल्याबटपमा राखेको थिइस, मैले सब सारेको छु ! सारेको पनि थिएँ ! उसलाई फकाएर सबै फोटोहरुलाई मैले मेरो बनाइसकेको थिएँ । ‘बिचार गर ! मलाइ फोन नगर ! सब ठिक हुन्छ… नत्र…!’

उसले मेसेज हेरेको थाहा पाउनेबितिक्कै उसलाई फेसबुकबाट हटाएँ ! उ मेरो ब्लकलिष्टको पहिलो मान्छे थियो सायद !

लागेको थियो उसले मलाइ फोन गर्नेछ ! आजसम्म गरेको छैन त्यसपछि ।’

एउटा एसएमएस आएको थियो, तेरो फोटो मसँग केहि छैन, तर मेरो बुडीको फोटो बाहिर आयो भने तँलाई मार्छु म !’ मैले उसको मेसेज र उसकी बुडीको सबै फोटो डिलिट गरें !

उ बोल्दै गइ, म सुन्दै थिएँ ।

‘म चानचुने मान्छे होइन ।’ जसजसले मेरो शरीरसँग खेलेका छन्, जस जसले मेरो बुबु चुसेका छन्, र मलाई धोका दिएका छन् । सबलाई ठेगान लाउँछु एक दिन !’

उसको कुरा सुनेर पहिलो पटक उदेखि डर लाग्यो । यसले आफ्ना कथाहरु सुनाएर मलाइ कतै फसाउँदै पो छैन !’ भन्ने शंका लाग्यो !

‘आज बाबासँग बजार जानु छ ! तिमी घर एक्लै जाउ है ! मैले नम्र स्वरमा भनेको थिएँ ।

उ रिसाउँदै बोली ! ‘हुन्छ ! यो केटि त्यति कमजोर पनि छैन कि आफ्नो घर एक्लै जान नसकोस् ! ओके भोली भेटौंला !’

‘नरिसाउ है !’ मैले सम्झाएँ ।

‘लौ किन रिसाउनु ! बाबासँग घुम्ने सौभाग्य सबैले पाउँदैनन् ! त्यसैले जानुस् !’

उसका आँखा टिलपिलाएका थिए ।

मैले बिदाइका हात हल्लाएँ ! उ गइ ! भोलि फेरी भेट्ने बाचासहित !

(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाज’को एक अंश)

यो समाचार पनि पढ्नुहोस

  • कम छैन नेपाली गायक गायिकाको कमाई, मासिक कसको कमाइ कति हेर्नुस सम्पुर्ण कलाकार को विवरण – थाहा पाउदा तिन छक परिन्छ(भिडियो सहित)

काठमाडौँ, १५ कार्तिक | यस पटकको कन्सर्टबाट १ करोड रुपैयाँ जति कमाइ हुन्छ, अघिल्लो वर्ष दुई महिनाका लागि अमेरिकामा कन्सर्ट दिन जानुअघि गायक राजेशपायल राईले एउटा अन्तर्वार्तामा भनेका थिए— ‘एउटा कलाकारको दु:ख, मेहनत तथा सफलताको शिखरमा पुग्न उसले गरेको संघर्ष सम्झने हो भने यो रकम पनि कम हुन्छ ।’

राजेशपायलले त्यति बेला भनेका थिए—‘साढे दुई दशक हुन लाग्यो, यत्तिका वर्षसम्म म नेपाली गीत–संगीतमै लागिरहेको छु, त्यसैले यो रकम ठूलो हो भन्ने मलाई लाग्दैन ।’ राजेशपायलले औसत नेपाली कलाकारको तुलनामा उक्त पारिश्रमिक केही बढी भए पनि आफ्नो हकमा भने सामान्य भएको उल्लेख गरेका थिए । हेर्नुहोस अन्य चर्चित गायिका हरुको कमाइ ?

भिडियो हेर्नुहोस्-

यो समाचार पनि पढ्नुहोस

– बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडालाई न्युयोर्कको पार्क मै यस्तो गरे पछी ! (रियल भिडियो लिक)

प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । उनलाई मंगलबार न्यूयोर्क सिटिमा फिल्मको सुटिङ गरिरहेको देखिएको छ ।

इन्टाग्राममा सार्वजनिक गरिएका तस्बिरमा प्रियंकालाई नायक एडम डिभाइनसँगै देखिएको छ । तस्बिर हेर्दा उनी कुनै समस्यामा फसेको जस्तो देख्न सकिन्छ । उक्त फिल्म न्यूयोर्क शहरको एक आर्किटेक्ट नटालीको जीवनमा आधारित छ जो आफ्नो पहिचान बनाउनका लागि जुझिरहेकी छिन् ।

न्यूज एजेन्सी आइएएनएसले एक बयान जारी गर्दै न्यू लाइन सिनेमाको रोमान्टिक कमेडी फिल्म ‘इजन्ट इट रोमान्टिक’ को प्रिन्सिपल फोटोग्राफी टोड स्ट्राउस–स्चुल्सनको रेखदेखमा सुरु भएको हो ।

फिल्मको यो पहिलो दृश्य न्यूयोर्कमा नै छायांकन गरिएको हो । फिल्ममा प्रियंकाका साथै रेबेल विल्सन, लिआम हेम्सवर्थ र एडम डिभाइन मुख्य भूमिकामा हुनेछन् । उक्त फिल्म सन् २०१९ मा भ्यालेन्टाइन डे को मौकामा रिलिज हुनेछ ।

उक्त फोटोको रियल भिडियो पनि अहिले लिक भएको छ। हेर्नुहोस :

  • बंगलादेशको बारेमा यी ७ कुराहरु थाहा पाउदा तपाइँ हैरान हुनुहुनेछ ! (फोटो सहित)

एजेन्सी । बंगलादेश पहिले भारतको एउटा भाग थियो । तर सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि बंगलादेश पाकिस्तानसँग गाभिन पुग्यो र सन् १९७१ मा बंगलामुक्ति संग्रामपछि भारतको सैन्य शक्तिको मद्दतले एउटा अलग राज्यमा परिणत भयो । त्यस्तै आज हामी तपाईलाई बंगलादेशको बारेमा सात रोचक तथ्यहरुको बारेमा जानकारी गराउँछौं ।

१. बंगलादेशमा संसारको सबैभन्दा ठूलो वेश्यालय रहेको छ । वेश्यावृत्तिलाई कानुनी मान्यता प्राप्त भएकाले यहाँ खुलेआम देहव्यापार हुने गरेको छ । आफ्नै परिवारका सदस्यले नै आफ्ना घरका छोरी पैसाका लागि बेच्ने गर्छन् ।

२. बंगलादेशको झन्डामा दुई रङको प्रयोग भएको छ । हरियो रङले खुसी र प्रगतिलाई संकेत गर्छ भने रातो रङले बंगलादेश मुक्तिका क्रममा रगत बगाएका वीर सेनाहरुलाई श्रद्धाञ्जली दिएको हो ।

३. युनिसेफले बताए अनुसार संसारमा नाइजेरियापछि सबैभन्दा बढि बालविवाह हुने देश बंगलादेश हो । यहाँ कम उमेरकी केटीलाई बुढो उमेरको केटासँग विवाह गरिने चलन छ ।

४. सानो देश भएर पनि बंगलादेशको जनसंख्या धेरै हुनेमा विश्वभरको आठौँ स्थानमा पर्छ ।

५. यो देशमा परिक्षाको समय अरुको नक्कल गर्नेलाई जेलको सजाय दिइन्छ । नक्कल गर्नुलाई यहाँ ठूलो अपराध मानिन्छ ।

६. यस देशमा पुरुष र महिलाले हात मिलाउन प्रतिबन्ध लगाइएकोले पुरुषहरु महिलालाई सम्मान गर्नुपर्दा एउटा हात छातीमा राखेर शिर निहुराउँछन् ।

७. बंगलादेशमा राति १० बजेपछि घरबाट बाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।

  • ठमेलको एउटा होटलमा स्कूटीकै चाहनामा पहिलो पटक परपुरूषलाई मेरो शरीर सुम्पिएँ

राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।

मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए । राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए ।

उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए । ११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो ।

मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ । ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो । हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो । एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ ।

त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए । होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ । पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो ।

पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ । भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो । त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए । भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए ।

यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ । जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई । अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् । त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन ।

म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ । साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ । त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ । कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ ।

हामी प्रायः उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले । उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई ।

सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ ।

समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन । परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् । उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु । त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् ।

  • पत्याउनै गाह्रोदुईवटा पिल्लरमा टिकेको विश्वको सबैभन्दा सानो देश, जुन देशमा बस्छन् २७ जना मानिस

विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो ।

यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक भनेको रोय बेट्स नामक एक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् ।

यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।

आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि उसँग आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । खासमा यस देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ ।

मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या ८०० रहेको छ ।

  • खेतको कुनामा भेटियो रहस्यमय डल्लो, जाँच गर्दा सबै भए चकित (फोटो र भिडियो सहित)

एजेन्सी । बेला बेला आश्चर्यजनक समाचारहरु आउने गर्दछन । विश्वमा कुनै यस्ता रहस्य हुन्छन् जो अचानक नजिक आउने गर्छन्। जुन चिज रहस्यमय तथा ऐतिहासिक समेत हुने गर्दछन्।

यस्तै भयो दक्षिण अमेरिकी देश अर्जेन्टिनास्थित एनटोनिया निवासमा पनि । उक्त घर नजिकै एलियनको अड्डा भेटिएको दाबी गरिएको छ। एलियनलाई दोस्रो ग्रहको जीवका रुपमा लिइन्छ। निएभास नाम गरिएको एक व्यक्तिको बुएनोस एरेस नजिककै कार्लोस स्पेगजिनी भन्ने ठाउमा फार्म थियो। एक दिन आफ्नै फार्मको नजिकै हिँडदै गर्दा उनका आँखा खेतमा भएको अनौँठो बस्तुमा ठोक्कियो। उक्त बस्तु अड्डाको आकारको थियो। जुन माटोले पुरिएको थियो।

पहिले त ती किसानलाई उक्त बस्तु ढुङ्गा जस्तो लाग्यो, तर पछि राम्रोसँग हेरेपछि उनलाई रहस्यमय बस्तु भएको महशुस भयो। उक्त बस्तुको माथि सर्पको जस्तो कत्ला थियो भने अर्को तर्फ प्वाल थियो। त्यसपछि ती किसानले आफ्नी पत्नीलाई उक्त बस्तु देखाए। उनीहरुले पहिले उक्त बस्तु डायनोसरको अड्डा भएको अनुमान गरेका थिए। जब उनीहरुले उक्त बस्तु उठाउन खोजे तर बस्तुले हलचल समेत गरेन्।

त्यसपछि अनुसन्धान कर्तालाई बोलाएर उक्त बस्तुको जाँच गर्दा रहस्य बाहिरीयो। उक्त बस्तु डायनोसर नभएर यलियनको अड्डा भएको पुष्टी भयो। एक्सपटेर्सको अनुसन्धानले उक्त बस्तु एक प्राचिन जीव भएको तथा जसको नाम ग्लिप्टोडोँ रहेको पत्ता लाग्यो। जो १० हजार वर्ष पहिले साउथ अमेरिकामा पाइने गर्थे ।

भिडियो पनि हेर्नुहोस :