केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् ।

त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्। यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।

काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।

यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै चिनी । चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ। यसको लागी तल भएका उपायहरु अपनाउनहोस् :

यो पनि पढ्नुहोस :

  • यी घरेलु सामग्री प्रयोग गरेर एक महिना मै अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउनुहोस – सक्दो शेयर गर्नुहोस (विधि सहित)

सुन्दर तथा आर्कषक अनुहार सबैको राजाईमा पर्दछ, बिभिन्न महंगो केमीकल युुक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ ।

हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै उपयोगि हुने छ ।

१. आलु र कागती

एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

२. आलु र काँक्रो

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने ।

३. आलु र गोलभेंडा

काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने ।गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ ।

यो पनि पढ्नुहोस :

  • अदुवाको नियमति सेवनले शरीरलाई पुर्याउने १० फाइदाहरु यस्ता छन् (भिडियो सहित)

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा पूराउँछ सरीरमा जुन यसप्रकार छन् :

· यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।

 

· अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।

· विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।

· यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।

· छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।

· धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।

· जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।

· बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।

· अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

· अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।

भिडियो हेर्नुहोस्-

  • रुसी वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचार गर्न सक्ने फल पत्ता लगाए, जुन फल नेपालमा मात्रै पाइन्छ

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् ।

रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।

औषधी तयार बनाउन चाहिने सामग्री

४०० ग्राम ताजा ओखर

४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)

१ किलो प्राकृतिक मह

१२ पोटी ताजा लसुन

१५ वटा ताजा कागती

२०० ग्राम आलु बकडा

क्वाँटी तयार पार्ने तरिका

काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।

औषधी तयार पार्ने तरिका

लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।

५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।

बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।

उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।

उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।

डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् ।

हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ । जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

  • के तपाइको ब्लड प्रेसर लो छ ? त्यसोभए खानुहोस यी १० खानेकुराहरु (भिडियो सहित)

गुल्मी | ४०–४५ वर्षको उमेर पार गर्दा नगर्दै अधिकांश स्त्री–पुरुषहरु रक्तचापबाट पीडित देखिन्छन् ।
केही स्त्री– पुरुषहरुलाई उच्च रक्तचाप हुन्छ भने केही निम्न रक्तचापबाट पीडित हुन्छन् । चिकित्सा विशेषज्ञहरुका अनुसार निम्न रक्तचापको कारणले पनि रोगीलाई निकै बढी हानि हुने सम्भावना हुन्छ ।रक्ताल्पताको विकृतिको कारणले निम्न रक्तचापको विकृति बढी हुन्छ ।

कुनै पनि कारणबाट शारीरिक कमजोरी भएर निम्न रक्तचापको उत्पति हुन्छ । भोजनमा पौष्टिक तत्वहरुको अभावबाट कमजोरीको साथै निम्न रक्तचाप पनि हुन्छ । कुनै दुर्घटनामा बढी रगत निस्किएको कारणले पनि शारीरिक कमजोरी हुन्छ । अत्यन्त मानसिक तनावमा बस्ने स्त्री र पुरुषहरुमा पनि निम्न रक्तचापको शिकार हुन्छन् ।अत्यधिक भय, चिन्ता र शोकको स्थितिमा पनि निम्न रक्तचापको रोगी बनाउन सक्छ | त्यसैले यस्ता कुराहरुलाइ त्यागेर यी १० खानेकुरा खाएमा ब्लड प्रेसर घट्ने छ |