स्वभाविक रूपमा योनि ओसिलो नै हुन्छ । योनिबाट सेतो पानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ तर त्यसको अर्थ सधैं नै रोग लागेको भन्ने हुँदैन । योनिश्राव हाम्रो सामान्य शारीरिक क्रियासँगै स्वभाविक रूपमा हुन्छ । यस्तो स्वभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला बढी देखिन्छ । पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको एक हप्तापछि सुरु भएर डिम्ब निष्कासनको बेलासम्म हुन्छ । यौन उत्तेजनाका बेला यसरी योनिश्राव हुनुको कारण यौनसम्पर्कलाई सजिलो बनाउनुका साथै शुक्रकीटका लागि अनुकूल स्थिति सिर्जना गर्नु पनि हो । स्वभाविक किसिमको योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन |

किन हुन्छ ल्यूकोरिया (Leucorrhoea) को समस्या ?

-यौनांगको सरसफाई नगर्दा संक्रमण हुन सक्छ । यसको कारणले सेतो पानी बग्ने समस्या देखिन सक्छ ।

-महिनावारी, गर्भावस्था तथा मोनोपज अर्थात महिनावारी बन्द हुने समयमा महिलाको शरीरमा हुने हर्मोनल गडबडका कारण यो समस्या देखिन सक्छ |

-बारम्बार गर्भपतन गर्दा पाठेघरमा हुने संक्रमणका कारण पनि ल्यूकोरियाको समस्या देखिन सक्छ ।

-मधुमेहले पनि कहिलेकाँही यौनांगमा संक्रमण गराउन सक्छ । त्यसले गर्दा पनि ल्यूकोरिया हुन सक्छ ।

-धेरै चिल्लो, मसालेदार, जंक फूड तथा धेरै उपवास (ब्रत) बस्नाले पनि ल्यूकोरिया निम्त्याउन सक्छ ।

-गलत गरिकाले शारीरिक सम्बन्ध राख्दा यौनांगमा चोट लाग्न सक्छ । जुन ह्वाइट डिसचार्जको कारण बन्न सक्छ ।

-गोनेरिया, क्लेमाईडिया जस्ता यौन सम्पर्कका कारण सर्ने रोगले यौनांगमा संक्रमण फैलाउँदा ल्यूकोरियाको समस्या देखिन सक्छ ।

-कहिलेकाही गर्भनिरोध चक्कीहरु, क्रिम तथा अन्य गर्भनिरोधक साधनको कारण संक्रमण हुन सक्छ । जसको कारण पनि ह्वाइट डिसचार्ज हुन सक्छ ।

योनीबाट सेतो पानी किन बग्छ ?

अधिकांश महिलाहरुको योनीबाट सेतो, पहेंलो, हरियो, रगत मिसिएको आदि इत्यादि प्रकारको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ । यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ । यो पानी जस्तो पदार्थ सन्तान उत्पादन गर्ने अङ्गहरु ओभरी, फलोपिवन ट्युव, भेजिना तथा क्यरभिक्सबाट पनि हुनसक्छ । सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ । गर्भवति भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ ।

असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । यस मध्ये यौनसम्र्पकबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन् । पाठेघरको मुखमा संक्रमण हुनुका साथै मस्क्युस ग्लान्ड संक्रमण हुँदा धेरै जसो सेतो पानी सहित विभिन्न रङ्गमा देखिन सक्छ । यिनै पनि संक्रमण हुन् सक्छ । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने मैलो र गन्हाएको पानी बग्ने हुन्छ । योनी धेरै जसो फंगसबाट संक्रमण हुन्छ । प्रोटोजोन भन्ने परजिवीबाट पनि संक्रमण हुन्छ । यस्ता किसिमका संक्रमणले योनीमा अत्यन्त बेचैनी ल्याउछ ।

ह्वाइट डिसचार्ज अथार्त सेतो पानी बग्ने समस्याबाट बच्नको लागि यौनांगको नियमित सरसफाइ गर्ने, स्वस्थ खानेकुरा खाने आदी गर्न सकिन्छ । यसलाई केही आयुर्वेदिक विधिबाट पनि नियन्त्रण गर्न सकिन्छ, ती यस प्रकार छन्ः

-चार चम्चा धनिँयाको दानालाई रातभर पानीमा भिजाउने । बिहान त्यसलाई छानेर खाली पेटमा पिउने ।

-एक चम्चा अमला पाउडरमा एक चम्चा मह मिसाएर दिनमा दुई पटक पानीको साथमा सेवन गर्ने ।

-चामललाई अलि धेरै पानी हालेर उमाल्ने । उम्लेको चामलको पानी (माड) मा एक चिम्टी नुन मिसाएर पिउने ।

-अम्बा अर्थात बेलौँतीको पातलाई धोएर सफा पानीमा उमाल्ने । जब पानी आधा रहन्छ, त्यसलाई पिउने ।

-जेठी मधुको जरालाई पिँनेर धुलो बनाउने । एक चम्चा धुलालाई मनतातो पानीमा घोलेर बिहान बेलुका सेवन गर्ने ।

-ब्ल्याकबेरी (कालो ऐँसेलु)को बोक्रा या बिँयालाई पिँनेर धुलो बनाउने । एक चम्चा धुलालाई मनतातो पानीमा घोलेर बिहान बेलुका सेवन गर्ने ।

-ईसबगोल (अश्वकर्ण) को भूसीलाई दुधमा लामो समयसम्म उमाल्ने । यसमा मिश्री घोलेर सुत्नुभन्दा अघि पिउने ।

-मेथीको दानालाई पिँनेर धुलो बनाउने । एक चम्चा मेथीको पाउडर दिनहुँ बिहान बेलुका सेतो भेलीमा मिसाएर सेवन गर्ने ।

-एक चम्चा जौँ र एक चम्चा अश्वगंधाको धुलोमा मिश्री मिसाएर मनतातो दुधसँग खाने ।

-रुखबाट निस्कने खानमिल्ने गमलाई रातभर पानीमा जिएर राख्ने । बिहान छानेर पानी पिउने ।

यी दश विधिले ह्वाइट डिसचार्ज अथार्त सेतो पानी बग्ने समस्या नियन्त्रण गर्न मद्दत  गर्दछ |