काठमाडौँ,२९ कार्तिक | आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।