काठमाडौं,०१ मङ्सिर । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो ।यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलव पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन् ।

कार्यरत दक्ष कामदारले समेत रोजगार गुमाउने छन् ।साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एडमिनिस्ट्रेसन म्यानेजर, वेयर हाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमन रिसोर्स म्यानेजरजस्ता ‘ह्वाइट कलर जब’ मा विदेशीलाई रोक लगाइएको छ । जान्नुहोस भिडियोमा –