काठमाडौँ,०१ मङ्सिर | बिहिबार प्रति तोला ५६ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।