काठमाडौँ, ३ मंसिर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।

तस्विर:अनलाइनखबरबाट

चुनावी सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगेका बाबु पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदैछन्। भने उनका दिदि रेणु दाहाल पनि काठमाडौँ आउदै छन् । प्रचण्ड उनका परिवार सबै काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । रासस

यो पनि पढ्नुहोस :

  • ब्रेकिङ्ग-प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयाघात

काठमाडौं,३ मंसिर । पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ ।

प्रकाश दाहाललाई आइतबार बिहान ५ बजे अस्पताल पुर्‍याइएको हो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।