जमाना यति छिटो परिवर्तन भयो कि मान्छेहरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइनबाट श्रीमती पाउँछन, अनलाइनबाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन् Amazon, eBay, OLX र quikr । यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।

केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

तपाई संग नेपाली पुरानो नोट छ ? यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा :

  • eBay को एउटा खाता खोल्नुहोस: त्यसको लागि यहाँ क्लिक गर्नुहोस
  • यदि खाता खोल्न आएन भने यो भिडियो हेर्नुहोस्

  • आफु संग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।

  • नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको हो सबै उल्लेख गर्नुहोस।
  • तपाईले खिचेको नोटको सफा फोटोलाइ ebay को वेबसाइटमा अपलोड गर्नुहोस् ।

आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ ।  
eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला । eBay को नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला । eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।

ebay मा एउटा भारतीय नोटको मूल्य यति कायम गरिएको छ ।

उक्त वेबसाइटमा गएर auction बटनमा क्लिक गर्नु भयो भने तपाईको नोटमा कति जना मान्छे ले खरिदको लागि विड गरेका छन् सबै हेर्न मिल्ने छ ।

यदि तपाईसंग धेरै पुराना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाईसंग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ तपाई ।

प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देशबाट नोट खरिद गर्छन मान्छे हरु ।


के तपाईसंग नेपाली पुराना रूपैया छन् ? छन् भने आजै ebay को खाता बनाएर बिक्रि सुरु गरिहाल्नुहोस् । छैनन् भने यो पोस्ट सेयर गर्नुहोस भएकाहरुले थाहा पाई आफ्नो पैसा बेच्न पाउन ।