सुनसरी,१६ मङ्सिर । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारहरु मतदाताको मत आकर्षित गर्न अनेक तरिका अपनाइरहेका छन् ।

सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग गरेका छन् ।

फोटो : अनलाइनखबर

उनले प्रयोगमा ल्याएको रोबोटले ‘जय नेपाल’ आवाज निकाल्दै प्रचार सामाग्री बाँड्ने गर्छ । अनि मानिसहरुसँग आसन्न निर्वाचनका लागि हेमकर्णलाई रुखमा भोट हालेर जिताउन समेत आग्रह गर्छ ।

फोटो : अनलाइनखबर

पौडेलको चुनाव प्रचारप्रसारका लागि काठमाडौंबाट आदर्श मल्लले रोबोट लिएर इटहरी आएका हुन् । मल्लले चुनाव अवधिभर प्रचारमा रोबोट प्रयोग गरिने बताए ।

रोबोटबाट चुनाव प्रचार गरेको पूर्वी नेपालकै लागि नौलो हो । सेन्सर जडित रोबोट मानिसहरु भएको ठाउँमा जान्छ र भोट माग्ने गर्छ । त्यसलाई स्थानीयबासीले निकै चासो लिँदै हेर्ने गर्दछन् । उम्मेदवार पौडेलले जनतासँग भोट माग्ने नयाँ प्रविधि अपनाउँदा इटहरीको चुनावलाई पनि रोमाञ्चक बनाएको छ ।

(अनलाइनखबरको सहयोगमा)