काठमाडौं,१७ मङ्सिर । भारत र श्रीलंका बिच दिल्लीमा भईरहेको खेलमा अनौठो दृश्य देखियो । दिल्लीको वायु प्रदुषणको कारण खेलाडीहरु मैदानमा नै मास्स लगाउन बाध्य भए । वायु प्रदुषणकै कारण लंचपछि चार पटक खेल रोकिन पुग्यो । यसैबिच केही श्रीलंकन खेलाडीको स्वास्थ पनि खराब भयो ।

यसरी वायु प्रदुषणकै कारण खेल रोकिएर श्रीलंकन खेलाडीहरु एंटी पोलुसन मास्स लगाएर खेलेपछि भारतको अन्तर्राष्ट्रिय मंचमा ठूलो बेईज्जत भएको छ । सोशल मिडिमा दिल्ली सरकारको अालोचना गर्दै ठूलो संख्यामा स्टाटसहरु पोस्ट भएका छन् ।

वायु प्रदुषणकै कारण खेल रोकिएपछि भारतिय कप्तान बिराट कोहलीले ५३६ रनमा ईनिङ समाप्तिको घोषण गरेका छन् । खेलमा कोहलीले २४३ रन बनाउदै अाउट भएका थिए । – ताजाखबरबाट