साझापेज । दुबई, १८ मंसिर । अष्टमी गुरुङको निधनको जरा बुझ्न गएका पत्रकार रबि लामिछानेले युएईमा कार्यरत नेपाली कामदारहरुको समस्याको बारेमा पनि जानकारी लिएका छन् । समस्याको जानकारी लिने मात्र हैन उनले त्यहाको नेपाल एम्बेसीमै गएर राजदुतलाई काम पनि गराएका छन् । हजारौ नेपाली कामदारहरु रहेको देशमा एम्बेसीले चुस्तस्फुर्त सेवा नदिए पछी सैयौ नेपालीहरु आफ्नो गुनासो लिएर रबि लामिछानेलाई भेट्न एम्बेसी नै पुगेका थिए । लामिछानेले राजदुतलाई नै अगाडी राखेर सबै पिडितको गुनासो सुनेका थिए । गुनासो सुने पछी राजदुतले रबि लामिछाने कै छेउमा काम गर्ने प्रतिबद्दता नै गरेका छन् । पुरा भिडियो हेर्नुहोस :