भक्तपुर, १८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको अब बन्ने सरकारले सिंगो देशको विकास गर्ने बताउनुभएको छ ।

आज मध्यपुरथिमिको चपाचोमा आयोजना गरेको वाम गठबन्धनको अन्तिम चुनावीसभामा उहाँले ओलीले भक्तपुरको विकासका लागि वाम गठबन्धनको उम्मेदवारले जित्नु अनिवार्य रहेको बताउँदै भन्नुभयो, “विसं २०७० मा महेश बस्नेतलाई चुनावमा हराउनुभयो, तैपनि मैले मन्त्री बनाए, त्यसपछि भक्तपुरको विकासको लहर आएको छ, अब अहिले जिताउनुस्,भक्तपुरमा युगान्तकारी परिवर्तन र विकास आउनेछ ।” उहाँले भक्तपुर विश्वकै उत्कृष्ट इतिहास, कला र संस्कृति बोकेको जिल्ला भएकाले यहाँ जीवित संग्रहालय निर्माण गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभामा क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतको वाम गठबन्धनको जित मात्र नभई आम भक्तपुरवासीको जित भएकाले भक्तपुरको मुहार फेर्न एकपटक वाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

त्यसअवसरमा क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार शशिजंग थापा र (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले चुनावमा वाम गठबन्धनका पक्षमा उर्लिएको जनसागर २१ गतेसम्म कायम रोख्दै मतलाई बाकससम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि थिमिको बाहाखा बजार र शंखधर चोकबाट निस्किएको बाजागाजासहितको ¥याली चपाचोमा पुगेर आमसभामा परिणत भएको थियो ।

लोकतान्त्रिक किल्ला बन्छ – केसी

यता मध्यपुरथिमिकै बालकुमारीमा लोकतान्त्रिक गठबन्धनको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भक्तपुर अब लोकतान्त्रिक किल्लामा परिणत हुने बताउनुभयो । नेमकिपाको दबदबा रहेको भक्तपुरमा पछिल्लो समयमा वाम गठबन्धनको टाउको उठाउन खोजिरहेको भन्दै उहाँले काँग्रेसको एकता र शक्तिलाई अब कसैलै परास्त गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगानाले राजनीतिक फोहर सफा गर्ने व्यक्ति नभएको अवस्थामा आफ्नो उम्मेदवारी आएको बताउँदै भक्तपुरका तमाम फोहरको पनि सफा भएर उत्कृष्ट भक्तपुर बनाउन आफ्नो योगदान रहने बताउनुभयो ।

कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार गणेशमान चक्रधरले काँग्रेसको किल्लाका रुपमा रहेको थिमिमा अरु कसैले टाउँको उठाउने प्रयास गर्नुको कुनै अर्थ नरहने बताउनुभयो । यसअण्घि नगदेशबाट निस्किएको ¥याली विभिन्न ठाउँको परिक्रमा गर्दै बालकुमारीमा गएर सभामा परिणत भएको थियो ।

देश जोगाउने पार्टी नेमकिपा – बिजुक्छे

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले आज भक्तपुरको तौमढीमा आयोजना गरेको अन्तिम चुनावीसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले देश जोगाउने पार्टी नेमकिपा मात्रै भएको दाबी गर्नुभएको छ ।

उहाँले पटकपटक सत्तामा बसेका पूँजीवादी दलले विदेशीको इशारामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन खडा गरेको चर्चा गर्दै उहाँले यी दुवै गठबन्धनले देश जोगाउन नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवाल, क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले देशलाई विदेशीको चंगुलबाट जोगाउन र भ्रष्टाचारीलाई फासी दिने कानून ल्याउन नेमकिपाले उम्मेदवारी दिएको बताउनुभयो ।

क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नीरज लवजु, प्रदेश (ख) का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं २ प्रदेश (क) का उम्मेदवार सरोजराज गोसाई, (ख) का उम्मेदवार प्रेमजन सिजापतिले नेमकिपालाई जनताले मत हालेर साथ दिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि सूर्यविनायकबाट निस्किएको ¥याली विभिन्न ठाउँको परिक्रमा गर्दै तौमढीमा गएर सभामा परिणत भएको थियो । (रासस)