एजेन्सी। १८ वर्षको उमेरमा एक युवकलाई आफू गलत शरीरकासाथ जन्मिएको अनुभव भयो। ती युवकलाई यो कुराले यति धेरै पोल्यो की त्यसपछि उनको उठाएको कदमले पूरै जिन्दगी नै परिवर्तन भयो।

आकल्याण्डकी २० वर्षीया लीया मेम्ब्री यतिबेला निकै खुशी छिन्। उनी जे चाहन्थिन्, त्यो गरेर देखाइन्। १८ वर्षसम्म ली मेम्ब्रीले आफू गलत शरीरकासाथ जन्मिएको र आफूले केही गर्न नसकेको भन्दै निरास हुन्थिन्। उनको इच्छा केटीको जस्तो हुन्थ्यो तर उनको शरीर केटाको थियो। उनी आफू युवती बन्न चाहन्थिन्। त्यही कारण उनी जसरी पनि लिंग परिवर्तन गर्न चाहन्थिन्।

२०१५ मा लीया मेम्ब्री लिंग परिवर्तनको प्रक्रिया सुरु गरिन्। त्यसका लागि उनका परिवारले पनि सहयोग गरे। लिंग परिवर्तनको क्षण निकै पीडादायी थियो, तर उनले हौसाला कायम राखिन्। केही समयपछि उनी सेक्सी युवतीमा परिणत भए। जसलाई अब यसअघिको जिन्दगीसँग कुनै मतलव छैन। यतिबेला सबैजना यही सोचिरहेका छन् की उनी वास्तवमै सुरुदेखि नै युवती थिइन्।