काठमाडौँ – लुक्ला बाट काठमाण्डौको लागि उडान गरेको विमानका पाईलट ककपिट मै निदाए पछिको भिडियो युट्युबमा भाइरल भएको छ ।

एक यात्रुले खिचेको भनिएको उक्त भिडियो नेपोन टिभीले युट्युबमा अपलोड गरे पश्चात हाल सम्म उन्नाइस हजार भन्दा बढीले हेरिसकेको र थुप्रै आलोचनात्मक टिप्पणीहरु गरिएको छ ।

विमानमा दुइ जना पाईलट भएता पनि एक पाईलट हिमाली भेगको उडानका क्रममा आकाशमा निदाउदा को जिम्मेवार हुने ? नेपालको कठिन भौगोलिक अवस्थितिमा पायलट अत्यन्त सचेत रहनु पर्नेमा बाहिर आएको यस घटनालाइ सरकारी निकाय र एयरलायन्स संचालकहरुले गम्भिर रुपमा लिनु जरुरी छ ।

यस्ता खालका घटनाले गर्दा इयुले नेपालको हवाइ क्षेत्र प्रति उठाउदै आएको सुरक्षा सम्बन्धि प्रश्नलाइ बल प्रदान गर्नेछ ।