कलाकार सन्तोष पन्तका छोराले लिङ्ग परिवर्तन गरेर ‘छोरी’ बनेपछि नेपालमा पनि ‘ट्रान्सजेन्डजर’ अर्थात् लिङ्ग परिवर्तनको बहस चलेको थियो । सानोमा ‘हिजोआजको कुरा’ मा बालकलाकार भएर देखिएकी उनी हाल मनोरञ्जन दुनियाँमा त छैनन् । नेपालमा चर्चामा आएको यो घटना आफ्नो ठाँउमा छ र यस्ता कुरा संसारका धेरै ठाँउमा हुने गरेको छ। यसरी आफ्नो लिङ्ग परिवर्तन गर्नेहरुलाई ‘ट्रान्सजेन्डर’ भनिन्छ। यस्ता मानिसहरुले विभिन्न क्षेत्रमा आफूलाई नयाँ परिचयकासाथ स्थापित गरेका थुप्रै उदाहरण छन्। त्यस्तै लिङ्ग परिवर्तन गरेर प्रख्यात बनेका केही ‘ट्रान्सजेन्डर’ महिला मोडलहरुको सूचि यस्तो छ:

सिरापार्सन आथायाकोर्न:

विश्वमै धेरै लिङ्ग परिवर्तन गराउने देशको रुपमा चिनिएको देश थाइल्यान्डकी मोडल हुन् सिरापार्सन आथायाकोर्न । मोडलिङबाटै सन् २०११ मा मिस इन्टरनेसनलको उपाधिसमेत जितेकी आथाकोर्न थाइल्यान्डकी चर्चित मोडल हुन् ।

नोङ पोय:

थाइल्यान्डकै अर्की मोडल नोङ पोयलाई १७ वर्षसम्म आफूमा महिलातत्व छ भन्ने थाहा थिएन । १७ वर्षपछि मात्र उनले लिङ्ग परिवर्तन गरेर जिन्दगी नै परिवर्तन गर्ने निर्णय लिएकी थिइन् ।

निक्की चावला:

मोडल निक्की चावलाको जन्म भारतमा पुरुषको रुपमा भएको थियो । उनले सन् २००९ मा लिङ्ग परिवर्तन गरेपश्चात कहिल्यै पछाडी फर्केर हेर्नुपरेन ।

केली भ्यान डेर वीर:

नेदरल्यान्डकी चर्चित टेलिभिजन प्रस्तोता तथा गायिका केली भ्यान डेर वीर पनि लिङ्ग परिवर्तनपछि मात्र महिला भएकी हुन् । उनी नेदरल्यान्डमा प्रभावशाली महिला मानिन्छिन् ।

आइसिस किङ:

एनापोलिस, मेरिल्यान्डमा जन्मिएकी आइसिस किङ जन्मदा पुरुष तर हुर्कंदै जाँदा महिला स्वभावकी थिइन् । सन् २०१२ मा एक ‘गे’ म्यागेजिनले उनलाई संसारकै सय प्रभावशालीको व्यक्तिमध्येमा स्थान दिएको थियो । लिङ्ग परिवर्तनपछि उनी हाल अमेरिकामा मोडलिङ र टेलिभिजन कार्यक्रम चलाउँछिन् ।

आइनिस लोन रू :

कम समयमै फेसन दुनियाँमा चर्चित भएकी आइनिस लोन रू पनि लिङ्ग परिवर्तनपछिकी पूर्ण युवती मोडल हुन् । उनका कामुक फोटोहरु विश्वभरका चर्चित म्यागेजिनमा छापिएका छन् ।

कारमेन क्यारेरा:

कारमेन क्यारेरा अमेरिकी टेलिभिजन स्टार, मोडल तथा गे अधिकारकी अभियन्ता हुन् । सुरुमा पुरुष नामबाट चिनिने कारमेन एड्स जागरणमा समेत सक्रिय छिन् ।

अरमन्ड लिपोर:

अर्मन्ड लिपोर अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोता, गायिका तथा अभियन्ता हुन् । उनको जन्म पनि पुरुषको रुपमा भएको थियो ।e

केटलिन जेनर:

ब्रुस जेनर पुरुष नामबाट ओलम्पिकसमेत जितेकी टेलिभिजन प्रस्तोता केटलिन जेनर चर्चित टेलिभिजन स्टार किम कार्दशियनकी सौतेनी बहिनी हुन् । उनले पुरुष छँदा नै उनले तीनवटी महिलासँग बिहे गरेर चारवटा बच्चा जन्माइसकेका थिए । हाल उनी एकल छन् । तर, उनका सन्तान भने उनी महिला बने पनि खुसी छन् । उनका सन्तान पनि अमेरिकाका चर्चित क्षेत्रमा छन् ।

अन्द्रेजा पेजिक:

सन् २०१२ मा ‘भोग म्योगजिन’ मा फिचर भएकी अन्द्रेजा पेजिन लिङ्ग परिवर्तन गरेकी अष्ट्रेलियाली मोडल हुन् । उनले केटा र केटी दुवैको कपडामा विज्ञापन खेलेकी छिन् भने युवतीको भेषमा कैयौं र्या‍म्प वाक गरेकी छिन् ।

अलिसिया लिउ:

चीनकी अलिसिया लिउ ताइवानकी चर्चित मोडल हुन् । १८ वर्षको उमेरमा उनले लिङ्ग परिवर्तन गरेकी थिइन् ।f

रिमाल अली:

रिमाल अली पाकिस्तानी मोडल हुन् । उनी कुनै समय केटाको परिचयबाट चिनिन्थिन् । हाल उनले लिङ्ग परिवर्तन गरेर धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी लिङ्ग परिवर्तन गराउनुमा गर्व गर्छिन् ।