काठमाडौं,रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।

सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।

मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।’भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।

मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?

मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ ।

समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् । मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित ।

रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।

सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।

मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।

भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।

उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ । समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् ।
(मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित-नेपालट्वान्टीफोको सहयोगमा)