एजेन्सी । कतिपय महिलाहरुले आफ्नो सुन्दरताको लागि कपाल महत्वपुर्ण हो भन्ने गरेका छन त्यसैले धेरै जसो महिलाले कपाल लामो पाल्छन ।

तर अनौठो कतिबेला लाग्छ भने जब कपाल धेरै लामो हुन्छ । चीनको गुआंग्सी प्रान्तस्थित हुआंगलुओ गाउँका सबै महिलाहरुको कपाल कपाल ३ देखि ७ फिट सम्म लामो छ ।

त्यहि कपालका कारण उनिहरु चिन भर मै चर्चित छन । २ सय वर्ष देखि त्यहि गाउँमा बस्दै आएका ति आदिवासी समुदायमा रहेका सबै ६० जना महिला मध्यै कसैको कपाल ३ फिटको छ भने कसैको ७ फिटको रहेको छ । सो गाउँमा १८ वर्षमा छोरीचेली जवान हुने र बिहेका लागि लायक हुने भन्दै कपाल काटिदिने चलन छ । त्यसपछि उनिहरुले जिवनभरमा कहिल्यैपनि कपाल काट्न पाउँदैनन् ।