काठमाडौं,२० मङ्सिर | नतिजाका हिसाबमा नेपालले यूएईसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलबाट केही पाउँदैन । यूएईको हकमा पनि ठ्याक्कै यही लागू हुन्छ । सातौं तथा अन्तिम चरणको खेल खेल्नुअघि नेपाल र यूएई शीर्ष चारको दौडबाट बाहिरिइसकेका छन् । दुवै टोलीले विश्वकप छनोटमा पुग्ने सोझो बाटो गुमाइसकेका छन् ।

यूएई सन् २०१५ को विश्वकप खेलेपछि च्याम्पियनसिप खेल्न आएको थियो । विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो भएपछि नेपालले २०१९ को विश्वकप छनोटको आधार मानिएको च्याम्पियनसिप खेल्ने मौका पाएको थियो । दुवै टोलीका प्रदर्शन सोचेअनुरुप भएन । मोहम्मद तौकिर र खुरम खानको संन्यासपछि च्याम्पियनसिपमा यूएईको प्रदर्शन निकै फितलो थियो ।

नेपाली टिम : पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ बैकल्पिक खेलाडी : सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

आजको खेलको लाइभ भिडियो हेर्नुहोस्-