काठमाडौं,चैत सकिन लाग्दै थियो । उराठलाग्दो गाइँगुइँ चल्यो— आफ्नै फुपूबाट भदैनी बेचिएको । ढिलो मात्र बाबुले छोरीलाई कोठीमा लगेर छोरी बिक्री गरिएको थाहा पाएका थिए । र, ठूलै प्रयासमा शान्ति पुन:स्थापनागृहको अगुवाइमा चितवन पदमपुरकी १५ वर्षीया चन्द्रा (नाम परिवर्तन) को चैत दोस्रो साता उद्धार गरियो ।

केहीअघि काठमाडौं ठेचुस्थित गृहको कार्यालय पुग्दा चन्द्रा उदास थिइन् । एकोहोरो रोइ मात्र रहन्थिन् ।

सुरुमा खुल्न नचाहेकी उनले बिस्तारै ‘आफ्ना भनाउँदाले खसी/बाख्राझैं बिक्री गरेको’ कथा सुनाइन् । बातैपिच्छे रुँदै आफूले भोगेको पीडा सुनाइन् ।

मन छुने खबर थाहा पाउन यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्-