पुराना किताबहरु मिलाउदै जाँदा एकदिन मैले एउटा ठिक्कको डायरी भेट्टाए । त्यो दिन सानो भाइ र म पुरानो दराज सफा गर्दै थियौं, दिदि यो डायरी हजुरको हो ? भन्दै भाइले मलाई दियो । सरर भित्र पाना पल्टाएर हेर्दा कतै – कतै प्रेमका कुराहरु लेखिएका थिए ।

जसको भएपनि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो र भाइलाई भने हो मेरै हो, जा गएर मेरो सिरानीमुनि राखेर आईजा । ‘हस्’ भाइले आज्ञापालन गर्यो । ‘पुरानो दराजमा क- कसका किताबहरु छन् रु आज राख है, हैन भने बेचेर म बदाम खाइदिन्छु !’ हजुरआमाको यस्तो धम्की आएपछि भाइ र म सनिबारको दिन पारेर पुराना किताबहरु नयाँ दराजमा सार्ने भन्दै लागेका थियौं । खासमा त्यो पुरानो दराज हजुरआमालाई आफ्नो समान राख्न चाहिएको थियो । मलाई नयाँ चाहिदैन पुरानो खाली गरिदे भन्दै आमासँग कराएको सुनेपछि मैले त्यहाँको सबै समान सिफ्ट गरे र दराज हजुरआमालाई जिम्मा लगाइदिए । खुशी हुदै त्यतिबेला हजुराआमाले आफ्नो गोजीबाट तानेर ३ गोटा मिश्री मलाई र २ गोटा भाइलाई दिनुभयो । बक्सिस हो हजुराआमा ? मैले जिस्किँदै सोधे । होइन आफ्नै नाति नातिनीलाई के को बक्सिस ? मायाँ गरेर दिएको नी । हजुराआमाले भाइको कपाल सुम्सुम्याउँदै भन्नुभयो । मलाई त्यो डायरी कसको रहेछ रु अनि त्यो भित्र के – के छ ? पढ्न सार्है खुल्दुली लागेर मिश्रीको स्वाद पनि मिठो लाग्न सकेको थिएन त्यतिबेला । मलाई नोट बनाउनु छ अब म केहि पनि गर्दिन , मलाई कसैले केहि काम गर्न नबोलाउनुस है म आउदिन भन्दै मैले मुवासँग घुर्की लगाए । ‘हुन्छ जाउ पढ तिमीलाई कसैले बोलाउदैन’ मुवाको आश्वासन पाएपछि म आफ्नो कोठामा पसे । २ वटा किताब र ३ वटा नोट खोलेर अगाडि राखे । अनि त्यसको बिचमा डायरी, आँखा नझिम्काइकन पढ्न सुरु गरे । पहिलो पाना पल्टाएर हेरे जहाँ यस्तो लेखिएको थियो । ‘म कुनै कसम खाएर हजारौं जुनी तिम्रै हुँ भनेर त भन्दिनँ । किनकि कसम तिनीहरुले खान्छ जसले झुठ र बकवासलाई सत्य साबित गराउन चाहन्छ ! त्यसैले मैले कुनै झुठो कुरालाई कसम खाएर ‘सत्य’को बिल्ला भिराउन चाहन्न किन की म तिम्री प्रियसी हुँ । यो कुरा तिमि आफ्नो छातीभित्र धड्किने मुटुलाई सोध, आफ्नै आत्मामा छामेर हेर । यदि तिमीले मलाई आफ्नो मुटुमा अनि आत्मामा भेट्न सफल भयौ भने आँखा बन्द गरेर मलाई सम्झनु म केवल तिम्री हुँ, यदि भेटेनौ भने मलाई भनिदिनु तिमि मेरी रहेन्छ्यौ भनेर । म कदापी तिम्रो नजरमा पर्ने छैन तत्पश्चात !’ रातो कलमले निकै सुन्दर अक्षरमा पोखिएको यो भावना पढेर मन कस्तो न कस्तो भयो । अब यो डायरी पढेर नभ्याउन्जेल मलाई भोक तिर्खा लाग्ने कुरै भएन, पढ्न भनेर मुवालई ढाँटेर आएको म, पढ्न त पढेकै छु नी आफ्नो कोर्स नपढे पनि डायरी पढ्दै छु भन्ने लग्यो । सेतो कागजमा रातो मसिले कोरिएका ती प्रेमील शब्दहरुभित्र म यसरी हराए । ‘उनको अंगालो नै मेरो संसार हो, उनको प्रेम नै मेरो बाँच्ने आधार हो ।’

‘प्रेम त त्यहाँ मात्र आत्मीय हुन्छ जहाँ शंकाभन्दा पनि धेरै विश्वास अनि एकले अर्कालाई माया गरिन्छ, हो त्यहि मायाले नै यो संसार टिकेको छ । एकछिन कल्पना गर त, यदि साँच्चै यो संसारमा मायाँ नै नहुदो हो त तिमि के गर्थ्यौ ? ’ उमेरले परिपक्व भएपनि मसँग हुदाँ भर्खरैको तन्नेरी जस्तै चंचल बन्ने उनि । उनको यो प्रश्नले मलाई पनि चंचल बनायो । जुन मानीसले सदैव अरूको खुसी चाहन्छ, अनी सबैको बारेमा राम्रो मात्र सोच्ने गर्छ, आफुभन्दा बढी अरूको ख्याल राख्र्छ, आज त्यसैले मायाँ नहुदा तिमि के गर्थ्यौ ? भनेर प्रश्न गर्नु पक्कै पनि गम्भीर बिषय होइन उनी मेरो मन चोर्न चाहन्छन, मैले मनमनै यस्तै बजे र भने हजुरले के गर्नुहुन्थ्यो रु हजुरले जे गर्नुहुन्थ्यो मैले पनि त्यहि गर्थे नी । बस यति भनेर मैले टारे उनको प्रश्नलाई । ‘काली’ ! भन्दै उनले सयपत्रीको थुंगाले हान्न खोज्दा म झुलुंगे पुलैपुल कुदेपछि दाताले ओठ टोक्दै लोभ्याउदो तरिकाले एकछिन घुरेर हेरे उनले, अनि ‘पख काली’ भन्दै पछ्याउन आएर आफ्नो न्यानो अंगालोमा लुकाए उनले । त्यति मात्रै कहाँ हो र रु उनले आफ्नो प्रेम प्रस्तुत गर्दा गर्दै मेरो निर्दोष गालाहरुले कति दिन रगताम्त हुनु परेको छ । उनले टोकेका यी गालाहरु कयौंदिनसम्म पनि मन्द मन्द दुखिरहन्थे । अझ अस्ति त घाउ लुकाउन गालामै त्याटू बनाउनु परेको थियो । झन्डै त्यतिबेला जिल्लास्तरीय भलिबल प्रतियोगिता भएकोले त्यहि मौका पारे ।

नभए बुवा मुवालाई ठुलै इन्टरभ्यु दिनुपर्थ्यो त्याटूको बखेडा झिकेर । फुल र पालुवाले फुल्न र पलाउन मौसम पर्खिनुपर्छ, बर्सातले आफु झरी बनेर झर्न असार कुरेर बस्छ, यहाँ उनको याद छ जसले न मौसम कुर्छ न त समय नै । बस बगिरहन्छ कर्णालीको बेगजस्तै निरन्तर कुनै बाधा अड्चनबिना । उनि प्राय मेरो साथमा भइरहन्थे, नहुँदा पनि सधैं समिप भएको आभास भइरहन्थ्यो सायद यो उनकै प्रेमको प्रभाव थियो । चैत महिना । तराईको छाला काड्ने गर्मी । हामी फुर्सद पाउदा प्राय गोदावरी गइरहन्थ्यौं । त्यहाँ पहाडको चिसो पानी जडीबुटीको स्वादसँगै पिउन पाईन्थ्यो । एसएलसिको परीक्षा सकेर लामो बिदामा थियौं । एकदिन साँझ करेसाबारीमा तरकारी टिप्दै गर्दा उनलाई त्यहि देखेर मेरो सातोपुत्लो उड्यो । कतै मुवाबुवाले देख्नुभयो भने रु घरमा बसिखानु हुदैन । तिमि किन जान्ने पल्टेर घरमै आएको ? डरसँगै अलिकति रिस र अलिबढी मायाँ लागेर सोधे, ‘तिमीलाई भेट्न ।’ उनले सजिलै उत्तर दिए ।

त्यसो भए त्यहि करेलाको झाडीमा बसिराख म मुवालाई यो तरकारी पुर्याएर आउछु, बाहिर नदेखिनु नी बाउले देखे भने ठिक पार्नुहोला फेरि । ‘ मलाई ससुराबाको डर कहिले लाग्दैन, ‘अलिअलि सासुआमासँग हो डराउने त्यहि पनि ठिकै छ ।’ उनले तिनै नसालु आँखा झिम्क्याउदै भने । मुवालाई भान्सामा तरकारी पुर्याएर फर्किदा उनि थिएनन्, त्यहाँ एउटा डायरीको पाना थियो म त्यहि लिएर कोठामा आए । ‘मेरी प्रिय प्यारी काली, भन्नेहरुले भन्छन्, हिरा मोति र सुन ठूलो हो तर मेरो लागि सबैभन्दा बहुमुल्य रत्न तिमि हौ १ अरु लेख्न मलाई केहि आएन, बाबाले मलाई भोली धनगढी पठाउदै हुनुहुन्छ, एक्लै जान मन त छैन तर तिमिलाई लिएर जान पनि सक्दिनँ । म २ हप्तापछि मात्र फर्किन्छु, आएर तिमीलाई भेट्छु अनि गोदावरी घुम्न जाउँला । उही तिमीलाई धेरै मायाँ गर्ने तिम्रो कालु’ उनको यो छोटो पत्र पढेर मन नरमाईलो भयो । डायरीको तेस्रो पाना मात्र पढेर चौथो पल्टाउदै गर्दा ढोका खोलेको आवाजले हत्तपत्त डायरी लुकाएर किताब समाते । ‘मुवाले खाना खान बोलाउनुभयो दिदि आउनुस् है ।’ भाइ रहेछ !

उनको पत्र पढेर नरमाईलो लाग्यो । त्यो डायरीको चौथो पाना पल्टाएर हेर्न नपाउदै भाईले खाना खान बोलायो । खाना खाएर आए । त्यसपछि पुनः डायरीको एक ( एक अक्षरभित्र फेरि हराउदै गए म।।।।। ‘कति उजाड छ संसार तिमिबिना ! आमा, बुवा, दाजुभाइ, साथीहरु सबै छन् तर तिमि छनौ त्यसैले यो मन एक्लो छ ‘निर्मल’ । आज तिमि गएको २ हप्ता बित्यो तर मलाई वर्षौं बितेको जस्तो लगिरहेको छ । के म धेरै नै स्वार्थी भएकी हुँ त रु पटक्कै होइन यो मेरो स्वार्थ होइन प्रेम हो तिम्रालागि केवल तिम्रा लागि ।

यो अध्यारो रात अनि तिम्रो याद । हो तिम्रै न्यास्रो मेटाउन यो डायरीका सुन्दर गोरा पानाहरुलाई म रातै बनाइरहेकी छु । यदि केहि गरि म तिमीलाई भेट्न नपाउदै वा तिम्री हुन् नपाउदै मरिहालेछु भनेपनि यो डायरी तिमिकहाँ पुगोस् र मैले तिम्रो यादमा तिम्रै लागि केरेका यी नाजायज शब्दहरुलाई तिमीले जायज साबित गरिदिनु बस म यति चाहान्छु । म क्षत्री खानदानको छोरी र तिमि ब्राह्मणको छोरा । मलाई तिम्रो परिवारले आफ्नो घरको बुहारी बनाउन योग्य नठान्न सक्छन । हुन् त यी कुरा तिम्रा र मेरा लागि फगत हुन् तर समाजको क्रुर रुप देख्दा म साचिक्कै डराउछु कहिलेकाहीँ । यदि मैले यो भौतिक शरीर अरु कसैलाई नै सुम्पिनु पर्यो भने रु यदि तिमीले बाध्यतामै अरु कसैको सिउदो रंगाउनु पर्यो भने रु त्यसले हाम्रो जीवनलाई कहाँ पुर्याउला रु त्यसको परिणाम के होला रु यस्ता प्रश्नहरुले जब यो मनमा मुक्का हान्छ तब म पानीबिनाको माछाजस्तै घिटघिटि हुन्छु । तिमि कहिले आउछौं, तिमीसँग धेरै कुरा गर्नुपर्ने छ, तिम्रो ओठको त्यो प्रेमील टोकाई, मेरो मानसपटलबाट कहिले टाढा जानसक्दैन र जानेपनी छैन । उनलाई कुर्दा कुर्दै हाम्रो एसएलसी परीक्षाका नतिजा पनि आयो । म र उनि प्रथम श्रेणीमा पास भायौ । पास भएको खुसियाली साट्न त पक्कै आउछन होला भन्ने विश्वास थियो मनमा तर त्यो व्यर्थ रहेछ ।

मलाई पछि थाहा भयो उनि मामाघर गएका रहेछन् । मामाको आफ्नो बालबच्चा नभएकाले उनलाई आफै पढाउने, हुर्काउने र ठुलो मान्छे बनाउने भनेर मामाले लगेर गएका रहेछन । उनको सम्झनामै यसैगरि करिब मैले प्लस टु सके, उनले सके या सकेनन् कुनै जानकारी भएन । उनिसँग प्रतक्ष्य भेट नभएको २ बर्ष बित्यो, मैले गाउँकै एउटा स्कुलमा टिचिङ गर्न थाले । बिहान बेलुकी काममा व्यस्त हुदाँ पनि उनको सम्झनाले झस्कारहन्थ्यो ।
नेपाली समाज, अझ त्यहिमाथि गाउँले परिवेश । छोरीको गोडा धोएर बिहे गरिदिन पाए स्वर्ग जान पाइन्छ भन्ने पुरातनवादी सोच हाबी भएको मेरो गाउँ । म स्नातक पढ्दै गर्दा घरमा बिहेको कुरा चल्न थाल्यो । गोर्खा राइफलको जागिरे माग्न आएको छ, नाईनास्ती गर्नुहुदैन मुवाले सम्झाउनुभयो । उसो त यो पहिलोपटक बिहेको कुरा चलेको भने होइन । यस्तो कुरा धेरैचोटी भएर पनि टरेका थिए भनु या टारिएका थिए । ‘भारत सरकारको पेन्सिन हुन्छ बुढेसकालमा, सासूससुरा एक्लै छन्, दुख दिने न त देउरानी न जेठानी । राज गरेर बस्न पाइन्छ नानी राज १’ भाउजुकोको आश्वासन थियो यो । मन विचलित हुदै गयो । निर्मल कहाँ छौ तिमि अनायासै किन हरायौ रु मनमनै प्रश्न गरे उनलाई । तर मेरो पुकार के सुन्थे र उनले । मेरो भविस्यको लागी होइन, मेरो आमाबुवाको प्रतिष्ठाका लागि मैले बिहे गर्नुपर्ने भयो । यो समय म यति लाचार भए की मौन बस्नुको बिकल्प भेटिन ।

मैले विद्रोह गर्नसक्थे, मैले सबैकुरा नबुझिकन, सबै व्यवहार थाहा नपाइकन त्यो अपरिचित पुरुषलाई जीवनसाथीको रुपमा स्वीकार गर्न सक्दिन बाबा भनेर । तर त्यो कसका लागि रु मेरो बाल्यवस्थाको कलिलो पेम जसका निम्ति बलिदान गर, आज उसैले बेवास्ता गरे गयो, उसले सब बिर्सेर गयो भने मैले उसकालागी बाउआमासँग कुन हैसियतले विद्रोह गरुँ रु सबैको सहमतिमा अन्तः असोज २० अर्थात् दशैंको दिन बिहे पक्का भयो, लाहुरे ‘दुलाहा’लाई धेरै दिन बिदा पाइएन । दशैंको बेला परेर १ हप्ताको बिदा लिएर आउदै छन् । ठिक दशैंको १ दिन अगाडी घर पुग्नेछन अनि ५ दिनपछि फर्किने रे, भाउजुले अरु कसैलाई भनेको सुने ।

बिहे अनि दशैंको दिन रु मन भक्कानियो । कसलाई सुनाउ अब यो पिडा रु टिका जमरा थाप्ने मेरो सिरले सिन्दुर पोते थाप्नुपर्ने भयो । मन बसमा राख्न सकिन, बेहिसाब छटपटी भयो । यता इष्टमित्र, आफन्त र साथीहरुको जमघट अनि बिहेको सजावटमा घर रंगिन थाल्यो । सबै खुशी थिए म बाहेक ! बिधिअनुसार बिहे सम्पन्न भयो । बाउआमा र दाजुभाइले मेरो डोली अन्माए । दशैं ‘दशा’ बनेर आयो मेरोलागि । मेरो साधा सिउदोलाई अपरिचित मान्छेले रंग्यायो र मेरो भौतिक सरिरमाथि आफ्नो अधिकार सुनिश्चित गर्यो। मन त अन्तै थियो। यस्तो लाग्न थाल्यो, स्वतन्त्र मेरा हातहरुमा चुरा नामका हतकडी लगाइए । आफ्नै गलामा लगाइएका थरी थरिकाका पोतेहरु हेरे । त्यो क्षण आफुलाई कुनै जेलखानाको कैदीसँग तुलना गरे मैले ।

लाग्यो – यो लाहुरेको ठाउँमा मेरो निर्मल भइदिएको भए रु उसको नामको सिन्दुरले आफुलाई रंगाउनु पाएको भए । तर त्यो मेरो मनभित्रको चित्कार मात्र थियो, नकसैलाई भनिएको, न कसैले सुनेको । दुलाहाको घर पुगेपछि बुहारी नाम पाए । अघि भर्खर छोरी मात्र थिए आजको आजै बुहारी १ यो कस्तो दुर्भाग्य मानु की सौभाग्य रु बिहे घरमा बाजागाजा घन्किरहेका थिए । दुलही अर्थात् मलाई भित्र्याउने सुरसार गरिन् एउटा अधबैंसे महिलाले । पछि भित्र गएर नाता पहिचान गर्दा थाहा भयो सासुआमा उनै रहेछिन् ।

बुलेकी सबै काम सकिएपछि दुलाहाको २ जना दिदिले खाना खान आग्रह गरे । मलाई भोक लागेको छैन, थकाई लागेको छ बरु आराम गर्न पाए हुन्थ्यो । मेरो आग्रह कसैले सुनेनन् । ‘आज तपाईको पहिलो दिन यो घरमा, अब तपाई यो घरकी लक्ष्मी । नाइँ भन्नु हुदैन खानैपर्छ ।’ आमाजुहरुको जबर्जस्तीले २ गाँस मुखमा हाले । तर निल्न निक्कै कठिन भयो । मानौं उनीहरुले मलाई खाना होइन जहर खुवाइरहेका छन् जस्तो । खोइ कस्ती रहेछिन लाहुरेकी दुलही रु भन्दै हेर्न आउनेहरुको पनि भीडभाड नै थियो । कुनै प्रदर्शनीमा राखिएको सुन्दर बस्तु पो भएछु म त । फेरि आशु चुहियो तरर । साडीको पल्लाले तुरुन्तै पुछे कसैले देख्न नपाउदै । ‘रात निक्कै भैसक्यो, बुहारी थाकेकी होलिन्, अनिदो पनि छिन, जाउ उनको कोठामा पुर्याएदेउ ।’ सासु आमाले आदेश दिँदै भनिन् । २ जनाले २ तिर २ वटै पाखुरामा समातेर ताने, ,मानौं म कुनै अस्पतालको बेडबाट उठ्नै नसक्ने गरी थला परेको बिरामी हुँ । दाँया झ्यालपट्टि एउटा ठुलो दराज, लहरै ३ वटा सोफा अनि बायाँतिर २ जना सुत्नमिल्ने सजिसजाउ एउटा खाट । ढोकामा पुग्नेबित्तिकै सबै छर्लङ्ग देखियो ।

‘तपाई आराम गर्नुस हामी विजयलाइ पठाईदिन्छौ ! ’ मलाई समातेर ल्याउने दुर्इटी मध्ये एउटीले भनिन् । बल्ल थाहा पाए मेरो श्रीमान भनेको मान्छेको मान विजय रहेछ । म उत्तरबिहिन थिए, ‘हुन्छ’ को इसारामा टाउको मात्र हल्लाए । त्यो कोठाको थप परिवेश नियाल्न नपाउदै एकैछिनमा विजयको आगमन भयो, उनि सरासर कोठामा पसे आफुले लगाएको टाइ र कोट खोलेर ढोकाको पछाडि झुण्ड्याए । अनि छेउमै आएर बसे । मलाई भने उनको अनुहारसम्म हेर्न मन थिएन । मनमनै उनलाई मैले मेरो सिउदो बिगार्ने अपराधि घोषित गरिसकेकी थिए । कति अजिबको छ यो जिन्दगी रु आफुले चाहेकोजस्तो कदापी हुदैन, जुन कुराको कहिले कल्पनासम्म पनि गरेको थिएन, आज आएर त्यहि परिस्थितिको सामना गर्नु पर्दा आफुलाई जिउदो लाश ठानेको छु । लाग्यो, यो सुनसान रात , जेलाखानाजस्तो यो अपरिचित कोठा र मेरो जिन्दगीको खलनायक यो लाहुरे । आज एकै रातमा म कयौंचोटी मर्ने छु, हत्यारा लाहुरे हुनेछ भने त्यस्तो साक्षी मेरो निर्दोष आत्मा र शरिर ।

निर्मलले यतिका बर्षपछि मलाई खोज्दै आएको त्यो म्यासेजले म खुशी मात्र भइन, लाहुरेको प्रतिकार गर्ने हौसला पनि थपियो। एता विजय (लाहुरे)को ज्याजदी असह्य हुँदै गयो, उता निर्मलले म्यासेजमा भनेको कुराले.

विजयको क्रुरताले सिङ्गो लाहुरेजातीको चरित्र चित्रण गरिरहेको जस्तो लाग्यो । सबै लाहुरेहरु यस्तै हुँदा हुन् ।

यो संसारका हरेक लाहुरेहरुका जीवनसंगीनिहरु सुहागरातको रातदेखि बलात्कृत हुन सुरु हुदा रहेछन् र प्रत्येक रात यसरी नै लुटिदा रहेछन्, फरक यति हो कोहि करले त कोहि डरले ।

एउटा महिलाले लाहुरेलाई रहरले ज्यान सुम्पनु भनेको जानीजानी आफ्नो अस्मिताको चिर – हरण गर्नुजस्तै रहेछ ।

आज जेसुकै होस् यो लाहुरेको सिकार हुन सक्दिनौ तिमी, बरु ज्यान फाल मन्जरी, यो दरिद्रलाई आफ्नो अस्मिता नसुम्प । मभित्रको नारीशक्तिले मलाई घच घच्याउन थाल्यो ।

रक्सिको नशामा बिजयको पुरुषार्थ घमण्ड बनेर मडारिदै गयो । महिलाहरुलाई कपाल पाल्न किन लगाइयो तलाइ थाहा छ ? अनि यस्तो खुला सारी , पेटिकोटजस्तो कपडा र गर गहनाहरु किन पहिरन लगाइयो थाहा छ ? उसले आफै प्रश्नको उत्तर पनि सुनायो, किनकि यस्तै बेलामा तजस्ता महिलाहरुलाई सजिलै उपभोग गर्न सकियोस् भनेर ! बुझिस ।

उसका यी शब्दहरुले सम्पुर्ण नारी जातिको उपहास नगरेको भनेर म कसरी बुझौं । उ तछार – मछारको सैलीमा जाइलाग्न आयो । म थरथरी काप्दै थिए, उसको राक्षसरूपी व्यवहार सहन नसकेर। यतिक्कैमा फोनको घण्टी बज्यो । मेरो हातमा थियो मोबाईल, फोन उठाएर हेल्लो भन्न नपाउदै विजयले खोसेर लग्यो ।

तेरो अर्कै बुढा छ हैन उसैको फोन होला पख, म कुरा गर्छु । उसले फोन उठायो । रक्सिले मात्तिएको लाहुरेको हातबाट खस्यो मोबाइल, भुइँमा बजारिएर ३ टुक्रा हुँदा मुटु नरम्ररी दुख्यो, सायद त्यो कल निर्मलको थियो ।

कुनै सीप नलागेपछि अब विजयबाट बच्न मेरो सामु २ वटा बिकल्प मात्र रहे । कि त चिच्याएर घरका अन्य सदस्यलाई बोलाउनु र बिहेकै दिन अलक्षिना,नकचरी बुहारी सबित हुनु। कि त उसको हत्या गरेर फरार हुनु । मलाई पहिलो बिकल्प स्वीकार भएन, दोश्रो विकल्प निक्कै जोखिमपूर्ण थियो ।

विजयको कुरा स्वीकार गरेको जस्तो नाटक गर्नुको अर्को उत्तम उपाय भेटिन । झगडा होइन अब सहमतिको बाटोबाट जांउ विजय ? मैले नै प्रस्ताव गरे ।

मानौं उसले मलाई कुनै पसलबाट किनेर ल्याएको उपभोग्य बस्तुलाई व्यबहार गरेनजस्तै भन्यो, त्यसो भए आउ न त बेडमा किन किचकिच ? आउ मेरो इच्छा पूरा गर ।

तिम्रा अङ्ग – अङ्ग मेरा सिकार हुन, मलाई देउ । आखिर तिम्रो पनि त इच्छा होला नी यो सुनसान रातमा मजस्तो ईन्डियन लाहुरेसंग

मैले सजिलोसँग मान्नुपर्ने तिमीसंग अलि आवेगमा आएर मैले गल्ती गरे । मलाई माफ गर विजय , नाममात्रको भएपनी आखिर तिमी मेरो श्रीमान हौ ।

तिमी लुगा फुकाल्दै गर , म बत्ती निभाएर आउछु । मेरो यो कुरा सुनेर उ एकछिन अक्क न बक्क भयो अनि भन्यो, हो बल्ल कुरो बुझ्यौ मन्जरी । आउ आउ बत्ति निभाउनु पर्दैन ।

हैन मलाई अप्ठ्यारो लाग्छ बरु मैनबत्ति बाल तिमिलाई उज्यालो नै चाहिने भए । तिमीलाई खुशी बनाउनु मेरो कर्तव्य र जिम्मेवारी दुबै हो, मैले बुझिसके । उसको मनमा मप्रती कुनै संका नहोस भन्ने चाहिरहेको थिए म ।

सिरानिको पल्लो छेउ नजिकैको सानो टेबुलको र्याकबाट एउता हरियो रङ्गको मैनबत्ति र सलाईको बट्टा झिक्दै थियो , त्यतिन्जेल मैले उसकै कोठामा सजाएर राखिएको सिरुपाते खुकुरी झिकेर सिरानीमुनि राखिसकेको थिए ।

उसले सलाई कोर्यो, मैले बत्ति निभाए । टेबुलमा राखेको हरियो मैनबत्ति जलाउदै विजयले भन्यो,एउटा कुरा सोधु ? निर्धक्क सोधेहुन्छ मैले ढुक्क भएर जवफ दिए । तिमी आफ्नो प्रेमिसङ्ग कति पटक शारीरिक सम्बन्ध रखेकी छ्यौ ?

उसको त कसिलो चुम्बन र अंगालोसम्म पनि पाउन सकिन, उसको र मेरो सम्बन्ध शारीरिक रूपमा होइन, भवनात्मक र मानसिक रूपमा प्रगाढ थियो, उ तिमीजस्तो दानव थिएन,साचिक्कै दयालु र अति प्रिय थियो ।

एउटा पुरुषसंगको शारीरिक सम्बन्ध सुखद हुन्छ या दु:खद मलाई त्यसको अनुभव नै छैन, यहि कुरा भन्न मन थियो तर भनिन उसलाई ।

भने – एक पटक मात्र होइन पटकपटक भएको छ , तर किन ? लथालिङ्ग खाटमा पल्टिदै उसले भन्यो साला पहिले नै चान्स पाएछ, मेरो सिकार जुठो पारिदिएछ ।

अरु थुप्रै तुच्छ गाली गर्यो उसले निर्मललाई । मलाई सार्है नै असह्य भयो, सिरानि मुनिबाट खुकुरी झिकेर सर्लक्कै दाप ताने, पहिलोचोट उसको गर्धनमा लाग्यो तर टाउको अगल भएन । उ छट्पटीदै थियो, अर्को चोटले उसको बकबक गर्ने थुनुनो भएको टाउको र महिलालाई आफ्नो यौन प्यास मेट्ने भाडो बनाउने शरीर अलगअलग भयो ।

हो लाहुरेको हत्या गरे मैले ! मात्र उसको पर्स लिएर म निर्मलकहाँ पुगे । उनलाई सबै वृतान्त सुनाएपछि उनलेे विजयको त्यो पर्स हेरे जसमा २ हजार पैसा, केही निकोनका चक्की र ७ जना महिलाहरुको पासपोर्ट साइजका तस्वीरहरु थिए ।

जसमध्ये ६ जनाको अनुहार केरिएको अवस्थामा थियो जसमध्ये एउटा निर्मलको फुपूको तस्वीर पनि थियो । निर्मलले आफ्नो फुपूको तस्वीर निकालेर पर्स जलाइदिए । उनले भाबुक हुँदै अर्को पिडा पोखे, उनकी फुपू समेत विजयको घृणित कार्यको सिकार भएर सुसाइड गर्न पुगेकी रहेछिन । सायद नी ६ अन्य जसको तस्वीर त्यहाँ थियो उनीहरुको पनि अवस्था निर्मलकी फुपूको जस्तै भएको हुनुपर्छ, मलाई बुझ्न् गार्हो परेन । मैले विजयलाई उसले गरेका हजारौं गल्तिको सजाय दिए सायद । यस्तो सजाय उसलाई कानुनले दिनुपर्थ्यो तर उसले त कानुनको रखवाला बनेर उसकै धज्जी उडाउदै गएको तितो सत्य अन्धो कानुनले कसरी देख्न सक्थ्यो र ?

मजस्तै नारीहरु जसको अस्मितामाथी उसले सजिलै खेल्यो उनिहरुको आत्माले शान्ति पाओस म कामना गर्न चाहान्छु ।

त्यो डायरीभित्र हराएर अर्कै दुनियाँमा पुगेको म अचानक निन्द्राबाट ब्युझिएजस्तै गरि झस्किए । घडी हेर्दा बिहानको ३ बजेको रहेछ । बिहानको चियासंगै मुवालाई सोधे । मन्जरी को हुन् मुवा ?

तिम्रो सानिमा हुन्, मेरो कुनै दिदीबहिनी नभएकोले उनलाई बहिनी मानेर ल्याएको थिए । मेरो बिहे भएपछि उनी मसंगै आइन् । केही समयसम्म बसिन पनि तर पछि मुवा बुवाले बिहे गरेर पठाइदिएका थिए र म उनको बिहेमा जान पाइन् । त्यसपछि उनी कहिले फर्केर आइनन ।

उनी फर्केर नआएको आमाको कुराले उनी उनको निर्मललाई लिएर कतै टाढा गएको पुष्ठि हुन्सक्छ । तर उहाँ त मेरो सानीमा पो हुनुहुदो रहेछ । उहाँलाई भेट्ने रहर पलायो । उनको खोजीमा म कसरी निस्किउ ? प्रश्नले मनमा कौतुहलता जागिरह्यो ।