दमको रोगी बुढी आमा साउदी अरबमा हराएको छोरो कुर्दै “एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी अन्तै गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला? सबै मिलेर छोरो खोज्न सहयोग गरौं। कतै तपाईं हरुलाई जानकारी छ भने सम्पर्क गर्नुहोला । सेवा नै धर्म हो । नाम Drona prasad khanal मेनपावर Mobhira overseas service pvt LTd बसुन्धरा बाट साउदिको C m, Mufadi Trading & Cont . ESt मा 2064 | 08 | 25 मा साउदी जानुभएको २ बर्स सम्म सम्पर्क भएको तर अहिले सम्पर्क बिहिन भएको जानकारी गराउनु भएको छ । पासपोर्ट नम्बर 3655301 रहेको जानकारी गराउनु भएको छ । उहाँको घर चितवन टाँडि रहेको कुरा गणेश अधिकारीले जानकारी गराउनु भएको छ । यो जानकारी हामीलाई लक्ष्मण क्षेत्रीबाट प्राप्त भएको हो ।